Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गठवन्धन फुटाउन अनेक तानाबाना

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार परिवर्तन गर्न अनेक खालका षड्यन्त्र भइरहेको दाबी गरेका छन् । प्रेस चौतारी ताप्लेजुङले आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सत्ता गठबन्धनमा विभाजन ल्याउन चलखेल भएको बताएका हुन् । उनले जसपा विभाजनको उदाहरण दिँदै त्यस्ता षड्यन्त्रको प्रतिरोधमा सांसदहरू नै उत्रिएर पहल लिन थालेको समेत बताए । महासचिव पोखरेलले सरकार ढाल्न भएका प्रयासलाई सांसदहरूले नै असफल पार्न सक्रिय भएको दाबी गरे । महासचिव पोखरेलले भने–‘अहिले पनि सरकार परिवर्तन गर्नका लागि अनेक षड्यन्त्र भइरहेका छन् । तर त्यस्तो कार्यको प्रतिरोधमा सांसदहरू आफैँले पनि सङ्गठित भएर प्रयास गर्न थालेका छन् । जसपाका सांसदहरूले त संगठितरुपमा नै एउटा प्रयास गरिसक्नुभएको छ । मलाई लाग्छ, त्यो क्रम अझै बढ्न सक्छ ।’ जसपाका सांसदहरूको विद्रोहलाई उनले विधिसम्मत र स्वाभाविक भएको टिप्पणी गरे । महासचिव पोखरेलले मुलुकमा बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने उद्देश्यका साथ एमालेले मिसन–०८४ को अभियान चलाएको बताए । उनले अहिले एमालेले भागबन्डाको राजनीतिभन्दा पनि तत्काललाई स्थायी सरकार र मिसन–०८४ मा ध्यान केन्द्रित गरेको बताए ।