Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गणतन्त्रको जग राप्रपाले हल्लायो

काठमाडौं । दलहरूले शासन गर्न नजान्दा र जानतालाई हेप्ताको फल व्यवस्थाकै विरुद्ध जनआक्रोश बढ्दैछ । तर त्यो आक्रोश अराजकतामा परिणत हुँदैछ । भ्रष्टाचार गाउँदेखि सिंहदरबारसम्म चम्कदा जनताले कतै न्याय पाएनन् । लोकतन्त्रको आभाष पनि भएन । कालो बजारमा रमाएका माफिया, विचौलियाको काम गर्ने परिपाटी सिंहदरबारबाट हुँदा राजनीतिक चरित्र समेत रहेन । काँग्रेस र कम्युनिष्टका नाममा सत्ता बाँँडीचुँडी गरे पनि जनताको सेवामा ध्यान दिइएको थियो भने आन्दोलनले विस्थापित गरेको राजा सडकमा देखिने थिएनन् । जसले यो स्थिति ल्यायो उसले स्वर्ग र नर्क सँगै जाने बचन दिएर भ्रष्टाचारसित हुने सम्भावित आक्रमण रोकेर देशलाई बेथितिको भण्डार बनायो । ऊ अहिले आतंकित छ । उसैले व्यवस्थाको बदनाम गर्दैछ । पूर्व राजालाई बोकेर गणतन्त्रको बदनाम गर्ने शक्ति मेरै कारण बलियो भयो भन्ने सोच पनि उसमा छैन । ज्ञानेन्द्रलाई उचाल्ने छिमेकी भारत भन्दै नेपाल–भारत कुटनीतिक सम्बन्ध समेत बिगार्ने काम प्रधानमन्त्रीकै अहंकारले गरेको छ । हिन्दूत्वको निहुँ त्यहाँ थपियो । संसदमा दुई तिहाई हुँदा आकासकै तारा खसाल्ने दम्ब देखाएर सार्वजनिक सम्पत्ति भूमाफिया र तस्करलाई सुम्पने काम नेकपा एमालेको केपी ओली एन्ड कम्पनीले गरेको छ । पशुपतिको नाउमा पनि हमज गर्ने, कोरोना कालको मानव स्वास्थ्यसँग खेलवाड गर्ने, बाल मन्दिरको जग्गा मारवाडीलाई सुम्पनेमाथि कारबाही नगर्ने, देशका बेरोजगार युवालाई नक्कली भुटानी शरणार्थी बनाएर पनि खाने काम जसले ग¥यो उसैले पूर्व राजालाई थुन्ने, पक्राउ गर्ने भन्दैछ । त्यही कारण चैत १५ रणभूमि बनेको हो ।
राजनीतिको कपट धोकापूर्ण व्यवहारको परिणाम अहिले वामपन्थी शक्ति प्रधानमन्त्रीसँग टाढिएका हुन् । पद र कुर्सीका लागि उनले जे गरे लोकतन्त्र र गणतन्त्रको रक्षा होइन बरु संसदीय अभ्यासमाथि प्रहार गर्दै जसरी अध्यादेशको बाटो लिए त्यो संघीय शासन विपरित थियो । संख्या दुई तिहाईको, व्यवहार निरंकुश र एकलकाटे भएकाले जनआक्रोश बढेको कुरा प्रधानमन्त्रीलाई महसुस छैन । प्रधानमन्त्रीले भ्रष्टाचारीमाथिको कारबाही रोकेका छन् । जनताको पैसा सहकारीबाट ठग्नेहरू जोगाएका छन् । अधिकांश ठगहरू एमालेका छन् । प्रधानमन्त्री प्रहरीलाई अनुसन्धान गर्न दिएर कारबाही गराउन दिँदैनन् । पूर्व राजालाई साथ दिने सहकारी पीडित, मिटर ब्याज पीडित, साहुकर र लघुवित्त पीडित छन् । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईले प्रधानमन्त्रीको कम्बोडिया टेलिकमको लगानी सार्वजनिक गराए । उनकै अराजकताले तिनकुने घटना भयो । नेपालको ऐनसेलले रु ६ अर्ब मिनाहा पाउने, एकै पटक तिर्नु पर्ने राजश्व किस्ता बन्दीमा तिर्न मौका पाउने कम्बोडियाको टेलिकमका मालिक शतिसलाल गुरुवाचार्य हुने भएपछि शंका भयो । नेकपा एमाले कार्यकर्ताले ठाडो शिर गर्न पाएनन् । आक्रोश सरकरकै बेथितिले ल्याएको हो । गणतन्त्रका नाममा अर्थतन्त्र टाट पार्दै व्यापार गर्ने, उद्योग चलाउनेसँग राजश्व उठाउन नसक्ने सरकार जनताको हुन्छ कि माफियाको प्रश्न उठ्छ ।
पूर्व राजा बोकेर पूर्व पञ्चहरू चम्कनु समयको बाध्यता हो । यो सरकार जनपक्षीय हुन्थ्यो भने चुनाव घोषणापत्रका आधारमा नीति तथा कार्यक्रम ल्याउथ्यो । त्यतिबेला यस्तो आक्रोश पनि जनतामा चुलिन पाउँदैनथ्यो । पूर्व पञ्चले बोल्ने ठाउँ थिएन । गणतन्त्रले केन्द्रमा एउटा सात प्रदेशमा सातजना राजा पालेको छ । अर्ततन्त्र टाट पर्दैछ । सरकार पूर्व विशिष्टहरूलाई जीवनभर राज्याकोषबाट पाल्ने नियम ल्याउँछ । अहिलेका भूतपूर्व मध्ये माधव, प्रचण्ड र झलनाथले सेवा सुविधा बढाउनु पर्दैन भनेका छन् । तर प्रथम राष्ट्रपति रामवरण यादवले नियमित सेवा सुविधा लिइरहेकै बेला चुल्हो बाल्नै समस्या भयो भन्दै थप ३५ लाख राज्यकोषको चुना लगाएका छन् । भूपू विशिष्टको चिन्ता लिने प्रम ओलीले राज्यबाट मजदुर, किसानको लागि के दिए ? जनताले आफ्नो कष्टकर जीवन धान्ने र राज्यालई तिरेको करको संरक्षण कति गरे ? काँग्रेस र एमालेका लुटेरा संस्कृतिको उपजका कारण राप्रपा आक्रामक भएको हो । राप्रपाले धेरै राजा पाल्नु सट्टा एउटै राजा त्यो पनि संवैधानिक हुनुपर्छ भनेको छ । सत्ता सञ्चालनमा प्रधानमन्त्री केपी ओलीको असफलताको परिणाम तीनकुने घटना र राजावादीको भीड थपिएको हो । जनशक्तिलाई संसदमा प्रवेश गराएर प्रधानमन्त्री ओलीले नै हुर्काउने, बढाउने गरेका हुन् । आफ्नै निर्वाचन क्षेत्रमा पार्टी कमजोर हुँदा राप्रपाको सहारा लिन केपी ओली राजावादी आन्दोलनको बिजारोपण गर्ने महान पौरखी एमाले अध्यक्ष हुन् ।


सम्बन्धित समाचार