Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गणतन्त्र दिवसमा ८ सय ३४ कैदीबन्दी माफी पाए

काठमाडौं । सरकारले गणतन्त्र दिवसका अवसरमा ८ सय ३४ जना कैदीबन्दीको माफी मिनाह गरेको छ । बुधबार र शुक्रबार बसेका दुई वटा मन्त्रिपरिषद् बैठकले उनीहरुलाई जेठ १५ गते अर्थात आइतबारदेखि लागू हुनेगरी गणतन्त्र दिवस २०७९ को अवसरमा माफी मिनाहा गरेको हो । बुधबार बसेको बैठकले तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खङ्ग श्रेष्ठ लिम्बुसमेतका २ सय ७१ जना र नरबहादुर साँवासमेतका ५ सय ४७ गरी जम्मा ८ सय १८ जना कैदीबन्दीको बाँकी कैद सजाय माफी मिनाहा भएको शुक्रबार राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो ।
नेपालको संविधानको धारा २ सय ७६, फौजदारी कसूर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन, २०७४ को कसूर ९कैदकट्टा० नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशसमेतका आधारमा उनीहरुको कैद माफी मिनाह गरिएको कार्यालयका प्रवक्तासमेत रहेका उपसचिव केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।