Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गण्डकीमा कोरोना संक्रमितको संख्या ४३८ पुग्यो

काठमाडौँ । शनिबार बिहानै ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका तनहुँ, नवलपरासी, म्याग्दी, स्याङ्जा, कास्की र बागलुङ्मा गरी ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँमा सबैभन्दा धेरै २५ जना संक्रमित थपिएका छन् । यस्तै नवलपरासी ९नवलपुर०मा १६ जना, गोरखामा ५, म्याग्दीमा १, कास्कीमा २, स्याङ्जामा १ र बाग्लुङमा ८ जना रहेका छन्। निर्देशनालयका अनुसार, भारतबाट आएर क्वारिन्टिनमा बस्दै आएका उनीहरुलाई संक्रमण पोजेटिभ देखिएसँगै सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल