Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
पोखरा । विश्व महामारी कोभिड १९ ले नेपालका सबै क्षेत्रलाई आतंकित बनाएको छ । हिमाली क्षेत्र, पहाडी जनजीवन राम्रो वातावरण, शुद्द हावापानी भनेर प्रचार गरिने पर्यटकीय नगरी पोखरा पनि अब भारतको नयाँ दिल्ली र उत्तर प्रदेशबाट सुरक्षित स्थान खोजी गर्दै पोखरा पुगेका तीनै पर्यटकहरुबाट पोखरालाई कोरोनाको निम्ति मौलाउने स्थान बनाइएको त होइन शंका छ । भारतसँग सीमा जोडिएका सुदुर पश्चिम प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश २ मात्र होइन गण्डकी प्रदेशमा समेत आइतबार एकै दिन ५७६ जनामा कोरोना संक्रमण देखिएको छ ।
शनिबारभन्दा संक्रमित संख्या २७४ ले बढेर अहिलेसम्मकै उच्च बिन्दुमा संक्रमित संख्या पुगेको हो । पहिलो लहरमा एकदिनमा सबैभन्दा धेरै ३४२ जनामा संक्रमण देखिएको थियो । आइतबारसम्म प्रदेशमा सक्रिय संक्रमितको संख्या दुई हजार नाघेको छ । चिकित्सकहरूले कोरोनाको संक्रमण समुदायमा भुसको आगोसरी फैलिएको भन्दै सबैलाई सचेत हुन आग्रह गरेका छन् । पछिल्लो २४ घण्टामा ११ सय ९० जनाको स्वाब परीक्षण गरिएकोमा ५७६ जना अर्थात् झण्डै ५० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । यो पनि कोरोना संक्रमणबाट मृत्यु हुनेमा प्रदेशको अहिलेसम्मकै ठूलो संख्या हो । गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३२ पुगेको छ । कास्की र पोखरामा पनि कोरोना संक्रमणले उच्च विन्दु छोएको छ । कास्कीमा आइतबार ३६८ जनामा संक्रमण पुष्टि भई सक्रिय संक्रमितको संख्या १३ सय १५ जना पुगेको छ । गण्डकी प्रदेशको कुल संक्रमितमध्ये कास्कीका ६५ प्रतिशत रहेको प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिएका छन् ।यो भनेको निकै भयावह स्थिति सिर्जना हुनसक्ने संकेत हो शर्माले भने सरकारले कोरोनासँग लड्न गृहकार्य गरिरहेको छ, जनताले हेलचेक्र्याइँ गर्ने हो भने थेग्न सकिन्न । गण्डकी प्रदेशमा पछिल्लो एक हप्तामा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ । आइतबार मात्रै पोखरामा उपचाररत ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। शुक्रबार ३ जनाको मृत्यु भएको थियो । गण्डकीमा चैत ३१ गतेसम्म मृत्यु हुनेको संख्या २०७ जना थियो । अहिले त्यो संख्या २३२ पुगिसकेको छ । पछिल्लो समय कोरोनाका बिरामीहरूमा छिट्टै सास फेर्न गाह्रो हुने र हाइ फ्लो अक्सिजनको आवश्यक पर्नेको संख्या बढिरहेको चिकित्सकहरू बताउँछन् । संक्रमित र मृतकको संख्या हेर्दा डरलाग्दो छ ।
पहिलो लहरको कोरोनाभन्दा अहिले तीव्र गतिमा फैलिइरहेको र कडा खालको पनि देखिएको छ डा. शर्माले भने, पछिल्लो समय धेरै कारणले लापरबाही बढेको छ । यो अवस्थामा सरकारको मुख मात्र ताकेर हुँदैन । सरकार पनि टिक्ने नटिक्ने अवस्थामा रहेको छ । महामारीको समयमा गुण्डा र अपराधीहरुलाई मन्त्री बनाएर नेकपा एमालेले त्यो समूहको साथ लिएको बताउनेहरु पनि छन् । गण्डकी प्रदेशमा ५० बेडको सरुवा तथा संक्रामक रोग अस्पताल अहिले भरिभराउ छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५० बेडमध्ये २५ बेड भरिएको प्रदेश स्वास्थ्य निर्देशक डा. शर्माले जानकारी दिएका छन् ।
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल