Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । माधव नेपालको समाजवादी पार्टी कत्तै सुन्य कत्तै एमालेको बहुमत भत्काउन सक्ने शक्ति बन्न सफल भएको छ । संघिय सरकार सडकमा पुग्यो प्रदेश १ र बागमति प्रदेशका मुख्यमन्त्री भिम आचार्य र अष्टलक्ष्मी शाक्य संकटमा परेका छन् । उनीहरु अझै आफै सत्तामा टिक्ने ओली रणनीति प्रयोग गर्दैछन् ।
एमालेले गण्डकी र लुम्बीनी प्रदेश सरकार गुमाएको छ । २३५ सांसद मध्ये १९० मा झर्दा दल रोज्न पाउने दिन भदौ २२ आज मंगलबारसम्म तोकिएको छ । पार्टी अध्यक्ष ओली ९९ प्रतिशत गतल भएको निष्कर्ष निकालेका बाग्लुङ्गका सांसद इन्द्रलाल सापकोटा एमालेमै रहने बताइरहँदा लुम्बीनी प्रदेशकी रमा धर्तिले नेकपा समाजवादी रोजेर छक्क बनाईदिएकी छन् । कर्णालीका चार सांसदको पद खोसियो । त्यहाँ तीन जना समाजवादीमा देखिए । निर्णायक शक्तिका रुपमा समाजवादी देखिदा प्रदेश १ र बागमति, कर्णाली, सुदुरपश्चिम चर्चामा रहेका छन् ।
जहाँ एमाले एक्लै सरकार बन्ने संख्या थियो त्यहाँ धमाधम भत्कीयो । यसको अबजस केपि ओलीले बेहोर्दैछन् । एमाले टुक्रिनुको कारण केपी ओली र उनको गुटबन्दी मोह नै हो । चार सांसदको पद पहिले खोसीए पनि यस पटक ३ जना सांसद माधवतिर देखिएको कर्णालीमा माओवादीका मुख्यमन्त्री छन् । सुदुरपश्चिममा पनि एमालेको माधव पक्षको आडमा त्रिलोचन भट्ट मुख्यमन्त्री छन् ।
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल