Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गतिरोध अन्त्यमा कुरा नमिलेपछि बैठक स्थगित

काठमाडौं । संसद खुलाउने सभामुम कृष्णबहादुर महराको प्रयास पनि असफल भएको छ । प्रतिनिधिसभाको बैठक सूचना टास गरेर स्थगित भएको छ । बैठक २० गतेसम्मका लागि स्थगित भएको हो । संसदको अवरोध खुलाउने सम्बन्धमा सभामुख कृष्णबहादुर महराले आव्हान गरेको सर्वदलीय बैठकमा दलहरुबीच सहमति जुट्न नसकेपछि विहीवारका लागि बोलाइएको बैठक सुचना टाँसेर स्थगित गरिएको हो ।
संघीय संसद भवनमा बसेको सर्वदलीय बैठकमा सदन सुचारू गर्नुपर्छ भन्नेमा सबै दलहरु सकारात्मक देखिए पनि आ–आफ्नै अडानमा कायम रहेपछि सहमति जुट्न नसकेको हो । सर्वदलिय छलफल निष्कर्षमा पुग्न नसकेपछि सचिवालयले सुचना टाँसेर, अवरुद्ध सदन सुचारु गर्न दलहरुबीच छलफल जारी रहेकाले बस्ने नसक्ने हुँदा बैठक स्थगित गरिएको जनाएको छ ।

बैठकमा सत्ता पक्षबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, उपप्रधानमन्त्री उपेन्द्र यादव, समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई, मुख्य सचेतक देव गुरूङ तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका उपनेता विजय कुमार गच्छदार, मुख्य सचेतक बालकृष्ण खाँड, नेता मिनेन्द्र रिजाल, राजपाका तर्फबाट राजकिशोर यादव, महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण लगायतको उपस्थिति थियो ।
नेत्रविक्रम चन्द विप्लब समुहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल र राजपाका कार्यकर्ता सरोजनारायण सिंहको प्रहरीको गोली लागि मृत्यु भएको घटना छानविन गर्न संसदीय छानविन समिति गठनको माग गर्दे नेपाली कांग्रेस र राजपाले असार २४ गते देखि सदन अवरुद्ध गर्दै आएका छन् ।
बाढी पहिरो सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्नका लागि साउन ८ गतेको बैठक भने सुचारु गरिएको थियो ।