Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गतिरोध हटाउन प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । संसदमा देखिएको गतिरोध हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गरेका छन् ।आजको बैठक संसद्मा जारी गतिरोध अन्त्यलगायत विषयमा छलफलमा केन्द्रित रहने बताइएको छ । प्रधानमन्त्रीको निजी सचिवालयले अहिले १० बजे बस्नेगरी संसद्मा प्रतिनिधित्व गर्ने सबै दलको बैठक बोलाएको जनाएको छ । पछिल्लो समयमा प्रमुख प्रतिपक्षी नेकपा एमाले लगातार संसद् बैठक अवरोध गर्दै आएको छ ।
एसमसीसीको विषयलाई लिएर सत्तारूढ दलहरूबीचमा नै विवाद रहेको छ । प्रधानमन्त्रीको निजी सचिवालयले भने सबै दलको कुरा सुन्नका लागि बैठक आह्वान गरिएको र त्यसमा मुख्य एजेन्डा संसद्मा जारी अवरोध रहेको जनाएको छ । प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक आह्वान गरेकोमा संसद्मा भएका दलहरूमध्ये कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सत्तारूढ गठबन्धनमै रहका छन् । एमाले, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राप्रपा भने प्रतिपक्षमा छन् ।
गत २३ भदौमा सुरु भएको संसद्को चालू अधिवेशनमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार रूपमा नाराबाजी गर्दै आएको छ । एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै एमालेको लगातार संसद् बैठक अवरोध गर्दै आएको हो ।