Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गभर्नरका लागि भाडाको घर खोजिँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर विश्वनाथ पौडेलका लागि घर धाडामा खोजी गरिरहेको छ । गभर्नर पौडेलको निवासका लागि बखुण्डोलदेखि भैंसेपाटी नजिकै घर भाडामा लिन प्रस्ताव आह्वान गरेको गरिएको हो । जेन जी आन्दोलनकाक्रममा गभर्नर पौडेलको घरमा तोडफोड तथा आगजनी गरिएको थियो । जसले गर्दा गभर्नर पौडेलले भाडाको घर खोज्नु परेको हो । राष्ट्र बैंकका अनुसार घर भाडामा दिनका लागि ललितपुर महानगरपालिकाको बखुण्डोलदेखि भैंसेपाटीसम्मको क्षेत्रमा अवस्थित कम्तीमा १६ आनादेखि २४ आनासम्म जग्गा भएको हुनुपर्नेछ । कम्तीमा ५ वटा कार जीप पार्किङ गर्न मिल्ने, आर।सि।सि। स्ट्रक्चर सहित कम्तीमा १००० वर्ग फिट प्लिन्थ क्षेत्रमा निर्माण भएको घरको खोजी गरिएको छ । अन्य आवश्यकताहरूमा कम्तीमा एउटा मास्टर बेडरूम सहित ४ वटा बेडरूम, लिभिङ हल, किचेन, डाइनिङ हल तथा स्टोर रूम हुनुपर्ने, सुरक्षाकर्मी बस्ने छुट्टै भवनको व्यवस्था हुनुपर्नेछ । सुरक्षित कम्पाउन्डवाल भएको, कालोपत्रे सडकसँग जोडिएको तथा बिजुली, ढल निकास र खानेपानी लगायतका पूर्वाधारको यथोचित प्रबन्ध भएको २.५ तलादेखि ३ तलासम्मको घर भाडामा दिन इच्छुक व्यक्ति फर्म कम्पनीहरूले असोज २७ गते कार्यालय समयभित्र प्रस्ताव पेश गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल