Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गरिबको पेट भरिँदा इज्जत जाने देश

काठमाडौं । यहाँ गरिबको पेट भरिँदा इज्जत जान्छ । पेटमा पटुकी कसेर भोकै बसे देशको इज्जछ जोगिन्छ । खानकै लागि काम गर्नु पर्दैन धनी बन्ने भए मात्रै काम गर्नु भन्ने व्यक्ति देशको कार्यकारी प्रमुख भएको देशमा अहिले गरिब जनता एक छाक खानकालागि १०/१२ किलोमिटर यात्रा गर्दैछन् । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउने अभियानमा रोक लगाएको छ । सोमबार काठमाडौं नगर प्रहरीले खाना खुवाउँदै आएका अभियन्तालाई फोन गरेर अबदेखि सडकमा खाना नखुवाउन आदेश दिएको अभियन्ता दिपेश धुन्जुले बताएका छन् ।

नगर प्रहरी महाशाखाका प्रमुख धनपति सापकोटाले फोन गरेरै ‘माथिबाट आदेश भन्दै सडकमा खाना नखुवाउनु’ भनेको अभियन्ता धुन्जुले बताए । अर्का अभियन्ता बिमल पन्तले यस विषयमा महानगरमा बुझ्दा एक कर्मचारीले ‘सडकमा खाना खुवाउँदा बेइज्जत भयो’ मंगलबारबाट सडकमा खाना नखुवाउनु भन्ने जवाफ दिएको बताए । अभियन्ताहरुले लामो समयदेखि खुलामञ्चम लगायतका विभिन्न ठाउँमा कोरोनाका कारण समस्यामा परेका श्रमिक, गरीब र असहायलाई निशुल्क खान वितरण गर्दै आएका छन् ।

केही दिनदेखि महानगरले नगर प्रहरी नै पठाएर खाना वितरण गर्न रोक लगाउने गरेको अभियन्ताहरुको भनाइ छ । चैत्र १४ बाट हन्ड्रेड ग्रुपले महालक्ष्मीथान, पशुपति, खुल्लामञ्च लगायत झन्डै दर्जन मठमन्दिरमा उनीहरुले निःशुल्क खाना खुवाइरहेका छन् ।


सम्बन्धित समाचार