Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गरिमा विकास बैंकको लाभांश प्रस्ताव

काठमाडौं । गरिमा विकास बैंक ले गत आर्थिक वर्षको संचित मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेका छ। बैंकले हाल कायम चुक्ता पूँजी २ अर्ब ७८ करोड ८३ लाख रुपैयाँको १७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंक संचालक समितिको कार्तिक १४ गते साँझ बसेको २३४ बैंठकले हाल कायम चुक्ता पूँजीको १६।१५ प्रतिशत अर्थात ४५ करोड ३ लाख रुपैयाँ बराबरको बोनस र बोनस शेयरको कर प्रयोजनको लागि ०।८५ प्रतिशतले हुन आउने २ करोड ३७ लाख रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । बोनस वितरण पछि बैंकको चुक्ता पूँजी ३ अर्ब २३ करोड ८६ लाख रुपैयाँ पुग्नेछ । बैंकले आर्थिक वर्ष २०७५र७६ मा ५९ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले अघिल्लो वर्ष १० प्रतिशत बोनस र ३।७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।


सम्बन्धित समाचार