Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । जसको राष्ट्रिय राजनीतिमा कुनै लगानी छैन त्यसले स्वार्थ भन्दा टाढा केही पाउँदैन । दम्ब, अहंकार, एकलकाटे चरित्रका एमाले अध्यक्ष केपीसँग सत्ता सहकार्य गर्दा पाएको फल र भोगेको पीडाबाट चेत नआएको काँग्रेस संसद पुनस्र्थापनाको राग अलाप्दैछ । जुन पार्टी १५औं महाधिवेशनको समय र स्थान तोक्न नसक्ने अवस्थामा छ । राज्यसत्ताको नायक बनेर काँग्रेसले गरेको उपद्रो शेरबहादुर देउवालाई ५ पटक प्रधानमन्त्री बनाएर कर्मचारी सरुवा बढुवामा घुस, संसदको टिकट बेचेर घुस, समानुपातिक संसद बनाउन पनि घुस, स्थानीय तहमा उम्मेदवार छनोटमा पनि घुस जस्ता काण्डकै सेरोफेरोमा गोदामको पैसा जलेको कुरामा ख्याल गरेन । अहिले काँग्रेस ओलीको पुच्छर बनेर संसद पुनस्र्थापवनाको राग अलाप्दैछ । पार्टीमा असफल पात्रहरूले पदाधिकारी पद कब्जा गरेको अवस्था छ । पूर्व पदाधिकारीहरूको चाल गतिलो छैन । विमलेन्द्र निधि, महाभ्रष्ट हुन् । प्रकाशमान सिंहको लुट ओली कालमा देखियो । विजय गच्छदार अख्तियारबाट डामिए पनि न्यायाधिशलाई घुस खुवाएर सफाई पाएको कुरा जगजाहेर छ । गोपालमान श्रेष्ठ र कृष्ण सिटौला दुर्गन्धित नभए पनि डा. शशांक राज्यको कुनै पदमा नभए पनि दिपक खड्का जस्ता लुटाहाको संरक्षक बनेकै कारण जेनजी आन्दोलनको प्रहार खाएका हुन् ।
काँग्रेसभित्रका युवा नेताहरू पनि गन्हाएका छन् । मौका पाउँदा ठाउँ नछाड्ने गगन थापाहरू चिप्लेका छन् उर्भौलो स्वभावका कारण गगनहरू पार्टीका भावी कार्यक्रम यो कार्यकालको ठोस उपलब्धी कति प्राप्त भयो प्रमाण छैन । दुई जना महामन्त्रीले नत राजनीतिका थेच्चर सभापतिलाई ठाउँमा ल्याए, नत काँग्रेसको गति थप्न सके, पदमा पुग्नु, भ्रष्टाचार गर्नु हो भन्ने धेय लिएको त्यो काँग्रेसमा कृष्ण सिटौला, पूर्णबहादुर खड्काहरू पनि छन् । तर तिनले ठाउँ पाउँदैनन् । शेरबहादुरलाई डा. आरजु राणाको कमाई जोगाउनु नै पार्टीको हित बनेको छ । काँग्रेस सति जाने पार्टी हो, कहिले ज्ञानेन्द्रको शति जान्छ, कहिले अराजक र मधेश प्रदेशमा संघीय सत्तामाथि असंवैधानिक हर्कत बढेको कुरा त्यो काँग्रेस किन बुझ्दैन शंका छ ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल