Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गलत ब्रिफिङ गर्ने सचिवालय खाली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयसँग जोडिएका सल्लाहकार तथा सहयोगीहरुले राजीनामा दिएका छन् । शुक्रवार प्रधानमन्त्री ओलीले सचिवालयमा रहका सबैलाई बोलाएर राजीनामा गर्न निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीले निर्देशन दिएसँगै सल्लाहकार समूहका पदाधिकारी र स्वकीय सचिवालयका पदाधिकारीले शनिवार राजीनामा दिएका हुन् । राजीनामा दिनेमा मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस सल्लाहकार डा कुन्दन अर्याल, प्रमुख स्वकीय सचिव इन्द्र प्रसाद भण्डारी, सूचना प्रविधि सल्लाहकार अस्गर अली लगायतका सचिवालयका पदाधिकारी रहेका छन् ।
प्रधानमन्त्रीलाई सबैभन्दा बढी गुमराहमा राख्ने प्रधानमन्त्रीका स्वकीय सचिव रहेका राजेश बज्राचार्यले भने राजीनामा दिनु नपर्ने भएको छ । उनी सचिवालयमा अवैतनिक भएकाले राजीनामा दिनु नपर्ने भएको श्रोतको भनाइ छ । प्रधानमन्त्रीको सचिवालय पार्टी नेता कार्यकर्तामाथि नै असहिष्ठु बनेको र प्रधानमन्त्रीलाई गलत विफ्रिङ गर्ने गरेको भन्दै सचिवालयको आलोचना हुने गरेको थियो । सरकारको काम कारवाही उत्साहजनक नभएको भन्दै आलोचना बढेपछि ओलीले सरकारको कामकारवाहीलाई प्रभावकारी बनाउने गरि कदम अघि बढाएको श्रोतको दाबी छ ।