Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गलबन्दीकी अञ्जली

गायक प्रकाश सपुतको नयाँ गित ‘गलवन्दी’ अहिले चर्चामा छ । सार्वजनिक भएको ८ दिनमा झण्डै ६० लाख दर्शकको साथ पाइसकेको छ । यस गितमा गायिका रहेकी छिन् शान्ति श्री परियार । गितसँगै यसमा अभिनय गरेकी मोडलको चर्चा हुन थालेको छ । गितमा उनको लजालु स्वाभाव भएकी गाउले युवतीको अभिनयले धेरैलाई मोहित बनाएको छ । यी मोडल हुन् अन्जली अधिकारी । भिडियोमा प्रकाश सपुतको चञ्चलता र अञ्जलीको लजालु अभिनयलाई दर्शकहरूले प्रशंसा गरेका छन् । सानैदेखि नृत्यमा सौखिन बर्दियाकी अञ्जलीले आफ्नो सपना पूरा गर्न एसएलसीपछि घरबाट भागेर काठमाडौं आएकी थिइन् । उनलाई गायक बद्री पंगेनलीले एउटा दोहोरी साँझमा नृत्यांगनाको रुपमा काम दिलाएका थिए । दोहोरी साँझमा नृत्य गरेर व्यवसायिक कलाकारिता सुरु गरेकी अञ्जलीले अहिलेसम्म २ सयभन्दा बढी म्युजिक भिडियोमा खेलिसकेकी छन् । गत वर्ष आएको प्रकाश सपुतकै ‘बोल माया’ गीतको भिडियोले उनलाई चर्चाको शिखरमा पु¥याइदिएको थियो ।


सम्बन्धित समाचार

धरौटीमा छुटे गायक रवि ओड

२०८१ जेष्ठ ४

ताजा नेपाल

मोडलिङमा मोहित बनेका शाही

२०८१ बैशाख ३१

ताजा नेपाल