Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गल्ती गरेपछि यिनलाई भयो डर ?

काठमाण्डौं । पार्टीको नियन्त्रणमा सरकार भएको भए प्रधानमन्त्री केपी ओली र उनको गुटबाट देशको अर्थतन्त्रमाथि मात्र होइन राजनैतिक नियुक्तिहरुमा समेत मनपरी हुने थिएन । समान हैसियतका नेताहरुसँंग सरकारको तहबाट गर्नु पर्ने कार्यक्रमका बारेमा छलफल गर्दा न त केपी ओली सानो हुने थिए, न त उनको गुटलाई मर्का पर्दथ्यो । बर्तमान सरकार पार्टी निर्देशनअनुसार चलेको छैन । त्यही कारण बरिष्ठ नेता माधवकुमार नेपालले विधि र प्रक्रियाको कुरा उठाए । आफुले स्कुल विभाग प्रमुख नपाउँदासम्म इश्वर पोखरेलले पनि यही कुरा तन्काए निर्वाचन हारेका वा हराइएका बामदेव गौतमलाई विधान संशोधन गरेर उपाध्यक्ष पद दिइएकै थियो । संगठन विभाग प्रमुख पाउनु पनि समयकै खेल थियो ।

प्रसंगमा आएका पूर्व एमालेका यी नेताहरुलाई राजनीतिमा षडयन्त्र, खुराफात र गुटबन्दी गरेरै तत्कालीन एमालेको अध्यक्ष संसदीय दलको नेता भएका केपी ओलीले यतिखेर नत स्थायी समितिलाई टेरेका छन् न त सचिवालयलाई गनेका छन् । स्थायी समितिको त उनले हुर्मत लिएका छन् । ओलीका निम्ति नेकपाको विधान कागजी खोस्टा त भयो भयो, मन्त्रीपरिषदले समेत देशको संविधान च्यातेको प्रमाण राष्ट्र कोरोना कहरमा केन्द्रित रहेको बेला विपक्षी दल विभाजन गरेर आफ्नै दलमा समेत आगो सल्काएर एक दलिय हैकम चलाउन सुरु गरिएको सांसद डा.सुरेन्द्र यादव अपहरण काण्डले छर्लङ्ग बनायो । अहिले यो मुद्दा सरकारी वकीलको कार्यालय मार्फत काठमाण्डौ प्रहरी परिसरमा पुगेको छ ।

यही बेला संसदको छैटौ अधिवेशन शुरु भएको छ । सरकारको तहबाट नीति तथा कार्यक्रमहरुका बारेमा सचिवालयमा समेत छलफल नगर्ने प्रधानमन्त्री ओलीले स्थायी समितिलाई टेर्ने कुरै भएन । नीति तथा कार्यक्रम संसदीय दलमा छलफल पनि भएन । बजेटसम्बन्धी परामर्श पार्टी निकट अर्थशास्त्रीहरुसँग गर्ने त सम्भावना नै छैन । शनिबार अध्यक्ष प्रचण्ड र प्रधानमन्त्रीबीच पार्टी स्थायी समिति बैठक र संसदका गतिविधिका बारेमा छलफल त भए तर कार्यन्वयन हुने कहिले ?

तत्कालिन एमालेमा जस्तै एक व्यक्ति सम्पूर्ण सत्ता एकाधिकार चम्काएर पार्टीभन्दा गुटलाई सर्वेपरि ठान्ने यी माहाशयले आफ्नो नैतिक धरातल गुमाए पनि पद र कुर्चीका निम्ति यिनले देखाएको दरित्र शैलिको पुच्छर जो बनेका छन् । ती बाहेक अन्य नेताबाट प्रधानमन्त्री पद खोसिने स्थिति थिएन । बामदेव गौतम ओली समूहबाटै पहिले चुनाब हारेर पनि एक कार्यकाल पार्टीका महत्वपूर्ण २ पद प्राप्त गरेर पनि राजनीतिक सन्तुष्टि लिन सकिरहेका छैनन् आफु र आफ्नो सन्तान वा गुटबाहेक अरुलाई नदेख्ने नचिन्ने अन्धो प्रवृतिका कारण सता पक्षभित्र यतिबेला एकआपसमा डराउने कातरहरु देखिएका छन् जसको नेतृत्व नीतिगत भ्रष्टचारमा गोदवा प्राप्त गर्ने हैसियतमा पुगेका केपी ओलीले गरेका छन् ।


सम्बन्धित समाचार