Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गल्ती गर्दा काग्रेस पछारियो

काठमाडौं । दिल्लीको आदेशमा नेपालमा नाकाबन्दी लगाएर मेधशकै जनतालाई सताएका राजपा र समाजवादी पार्टीबीच एक्ता होला नहोला राजनीति चाल देख्दा राजपाका नेतालाई तत्काल होइन केही समयमा सरकारमा जाने साइत जूर्न सक्छ । सत्ता पक्षको साथ नहुँदा राजपाले २ सीट पाउँदैन्थ्यो । आफैले खनेको खाडलमा कांगे्रस फसेको छ । कांग्रेसले आफूलाई सधैँ सत्ताधारी बन्ने घमण्ड देखाएर राष्ट्रिय सभालाई समावेशी समानुपातिक तवरले सांसद चुन्ने प्रक्रिया हुनुपर्छ भनेर तत्कालिन माओवादीले प्रस्ताव गर्दा कांग्रेसका नेताहरूले टेरेनन् । अहिले कांग्रेस स्थानीय तहमा दोस्रो त भयो तर संसद चुन्न आवश्यक पर्ने प्रदेश सांसद र स्थानिय तहमा जनमत नहुँदा राष्ट्रिय सभामा क्रमश नील पो हुने हो कि भन्ने शंका बढेको छ । मधेशमा राजपा र समाजवादीले काट्ने भोट कांग्रेस र कम्युनिष्टको मात्र होइन पूर्व पञ्चहरूको पार्टी राप्रपाको पनि हो । मधेशले उठाएको संविधान संशोधनमा सत्ता पक्षनै लचिलो हुनुपर्छ ।

कांग्रेस राष्ट्रिय राजनीतिबाट टाढिन पाउँदैन । किनकि कांग्रेसले भूल गर्दा देशमा विकृति बढेको छ । अहिले कांग्रेस राष्ट्रिय समस्या भन्दा गुटको स्वार्थमा चुर्लुम्म छ । स्वार्थको खेतीमा रामचन्द्र, कृष्ण सिटौला उफ्रिएका छन् । शेरबहादुर देउवाको पनि उपगुट होला तर द्वन्द्व चर्कदा देउवा समूह एक हुन्छ । रामचन्द्रप्रति नत कृष्ण सिटौला नरम छन् तन कांग्रेसलाई आफ्नो वंशको वपौती ठान्दै आएको कोइराला परिवारले रामचन्द्रको नेतृत्व सहर्ष स्वीकार्छ । पौडेलको यस्तो हालत हुनुको कारण अरु होइन उनकै लोभी प्रवृत्ति संकिर्ण स्वभाव हो । रामचन्द्रले दरिलो खुट्टा टेक्दैनन् । आफ्नो स्वार्थ पूरा हुँदा उनले पार्टीमा आफैलाई साथ दिने टीमलाई समेत धोका दिन्छन् भन्ने शंका अझै छ ।

हिजो देउवाले गिरिजासँग सम्झौता गरे । उनको टीमका प्रकाशमान सिंह, दिपकुमार उपाध्यक्ष, बलबहादुर केसीहरूले सुजाता कोइरालालाई उपप्रम तथा परराष्ट्र मन्त्री बनाएकोमा आक्रोश पोखेर देउवालाई त्यागेको इतिहास छ । १२ औँ महाधिवेशन अगाडि उनीहरू शुशिलको पक्षमा लागेर जिताए । पाउने त के थियो र देउवाको मेख म¥यो । अहिले देउवा १४ औँ महाधिवेशनको समय तोक्ने लफडामा छन् । सूर्यग्रहन लागेकै दिनदेखि नौतिर फर्केको कांग्रेस केन्द्रीय समितिमा द्वन्द्व गर्दैछ । वैठकमा सहभागी नहुने पौडेल गुट कोठे भेलामा खुम्चिँदो छ ।

बहुमतले अल्पमतको कदार गर्ने पार्टी र सरकार सहज रुपमा चलाउने संसदीय परम्परा स्वीकार्ने त्यो कांग्रेसमा अंशवण्डा लगाएर संगठनको नेतृत्व बाड्नपर्छ भनिँदै छ । राजनीति भनेको स्वार्थी सत्ता लम्पट र भ्रष्टहरूको रणमैदान हो भन्ने देखाइँदैछ । नैतिक आदर्श मूल्य मान्यताको राजनीति जसले भन्छ ऊ जनताद्वारा चुनिएर आउनै नसक्ने अवस्था बनाइयो । कम्युनिष्टको राजनीति गर्ने सिपी मैनालीले पनि मौका पाउँदा राजधानीका सार्वजनिक र गुठीका जग्गाहरू भूमाफिया र दलालहरूलाई पैसा खाँदै सुम्पेका थिए । अहिले माफियाले देशका ठूलठूला कित्ता जमिन हडपेका छन् ।

गुठीको जमिन गुठीमा राख्ने भनेर रु. ८ लाख कुम्ल्याएका गुठीका प्रशासक नारायण चौधरी अख्तियारको कारवाहीमा परेका छन् । मुलुकको स्वार्थ कसैले हेरेको छैन । आफू आफ्नो परिवार नाता कुटुम्बलाई च्यापेर सत्तामा गुटको रजाई गर्दा पार्टीको धरातल कहाँ पुग्छ भन्ने शिक्षा प्रधानमन्त्री केपी ओलीले नबुझेको बेला कांग्रेसका शेरबहादुर र रामचन्द्रले बुझ्छन् भन्न सकिँदैन । मधेशका दल र नेतालाई नत राष्ट्रिय स्वाभिमान र आत्म गौरवको चिन्ता छ नत जनताको अपेक्षा तर्फ चासो छ ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल