Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गल्ती लुकाउदा पाइलट माथि डण्डा

काठमाडौं । पटक पटक विवादमा पर्दै आएको राष्ट्रिय धोजाबाहक कम्पनिमा पनि प्राविधिक समस्या आउँदा पनि जानकारी नगराउने पाइलटहरु हुने रहेछन् । सरकारले निगमलाई सुधार्ने भन्दा भत्काउने गरको छ । अहिलेको सरकार त यति एयर लाईन्सको एजेन्ट नै हो । यो सरकारले संस्थागत सुधार होइन निगम व्यवस्थापनमा यतिका दलालहरुले भरेको छ । यही बेला निगममा प्राविधक त्रुटि हुदा पनि व्यवस्थापनलाई जानकारी नदिने पाइलटलाई उडान गर्नबाट रोक लगाउन बाध्य हुनु परेको छ ।

प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार २४ पुसमा दोहाबाट काठमाडौं आएको ए ३३० जहाज अवतरणका क्रममा हार्ड ल्याण्डिङ अवतरण गर्दा तल झर्नुपर्ने समय दोब्बर बढी गरिएको थियो । तर, अवतरण गरेपछि त्यस विषयमा जानकारी गराउनुपर्नेमा नगराएका पाइलटलाई १२ फागुन २०७७ देखि उडानमा रोक लगाइएको हो ।
सामान्यतया जहाजमा प्राविधिक समस्या आएपछि पाइलटले हरेक उडान र अवतरणका क्रममा आफ्नो रिपोर्टमा जानकारी गराउनुपर्छ । निगमका अनुसार सो जहाज क्याप्टेन सुनील श्रेष्ठ र महेशमान डंगोलले उडाएका थिए ।

हार्ड ल्याण्डिङ भएको विषय नियमित डाटा एनालाइसिस प्रोग्राममार्फत २५ पुसमै पत्ता लगाइएको र निर्माता कम्पनी एयरबससँग राय माग्न पत्राचार गरिएको श्रेष्ठले जानकारी दिइन् ।

गत पुसमै पत्ता लागेको समस्याबारे मौन बसेको नेपाल वायुसेवा निगमले दुई महिना पछि मात्र पाइलटलाई उडानमा रोक लगाएर आफ्नो कमजोरी लुकाएको छ ।

विज्ञ सुत्रका अनुसार

हार्ड ल्याण्डिङ भएको जहाज १ सय फ्लाइट साइकल उडान र अवतरण अवतरण वा दुई महिनासम्म उडान–अवतरण गर्न सक्ने निर्माता कम्पनी एयरबसले जानकारी दिएको छ । त्यस अवधिमा भने निश्चित चेकजाँच गर्नुपर्ने राय एयरबसले दिएको छ ।

जहाजको समस्याबारे जानकारी नगराएको विषयमा जाँचबुझ गर्न निगमले वरिष्ठ क्याप्टेन युवराज कुमार भट्टराईको संयोजकत्वको क्याप्टेन विजय लामा, मनिषकुमार शाह तथा डम्बर रावत रहेको छानबिन समिति गठन गरेको छ ।

समितिले दिने प्रतिवेदनको आधारमा पाइलटहरुलाई थप कारवाही गरिने छ ।