Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गाइलाई घाइते बनाएको गाडी मन्त्रीको गाडीसँग ठोकियो

काठमाडौं । पर्यटनमन्त्री प्रेमबहादुर आले चढेको गाडीलाई ठक्कर दिने कारका ड्राइभरलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको छ । धनगढीको गेटा विमानस्थलभित्र प्रवेश गर्ने चोकमा पवन कडायत भन्ने चालकले हाँकेको बा ४ च १३७७ नम्बरको कारले मन्त्री आले सवार गाडीलाई ठक्कर दिएको थियो ।
धनगढी प्रहरीले चालक कडायतलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । कडायतले हाँकेको सो गाडीले मन्त्री आले चढेको गाडीलाई ठक्कर दिनुअघि सडकमा हिँडिरहेको गाईलाई ठक्कर दिएर घाइते बनाएको थियो । त्यहाँबाट भाग्ने क्रममा उच्च गतिमा रहेको कार सीधै मन्त्रीको गाडीमा ठोक्किएको थियो । कार्यक्रमको सिलसिलामा धनगढी पुगेका मन्त्री आले अर्को गाडीमा चढेर कञ्चनपुर पुगिसकेका छन् ।