Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गाउँमा बरालिँदै बाबुराम

काठमाडौं । माओवादीका पूर्व नेता डा. बाबुराम भट्टराई गोरखा पालुङटार र खोप्लाङतिर केन्द्रीत छन् । पार्टी एकता संयोजन समिति के गर्दैछ पत्तो छैन । तर डा. भट्टराई गाउँलाई नै शहर बनाउने अभियानमा छन् । डा. भट्टराई राजनीतिक अस्थिरता नायक भए भन्नेहरूलाई उनको पार्टी अदल बदलले पनि पुष्टि गरेको छ ।
डा. भट्टराईको पार्टी समाजवादी नेपालका अध्यक्ष महेन्द्र यादव र महासचिव गंगानारायण श्रेष्ठ मन्त्री छन् । माओवादीको चुनाव चिन्हबाट चुनाव लडेका महेन्द्र यादव र गंगानारायणकै दबावमा डा. बाबुराम माओवादीमा फर्कन लागेका हुन् । उनले कम्युनिष्ट पार्टीको अवधारणा बदल्ने र समाजवादको लक्ष्यमा देश जानुपर्छ भनेका छन् । तर यहाँ जसले समाजवादको कुरा उठायो उसको पार्टी संसदमा पहुँच वाला छैन ।
डा. भट्टराईले गाउँ छाडेर शहर पस्ने शैली नियन्त्रण गर्न आफ्नो जन्मघरको जिर्णोद्धार गर्न थालेका छन् । गाउँ छाडेर शहर पस्ने होडबाजीलाई नियन्त्रण गर्ने डा. भट्टराइएको योजना हो । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको नीतिगत योजना गाउँ भन्दा शहर केन्द्रीत छ । अहिले सडक र बिजुली नपुगेका गाउँ कम छन् । दलहरूले राजनीतिमा जीवन बिताएका कार्यकर्ता भन्दा ठेकेदार, मािफया र दलालको बाहुल्यतालाई जोड दिएका कारण सडक पु¥याउने नाममा प्राविधिक अध्ययन बिना डोजर आतंक चलाइयो । यो आतंकले भूक्षय बढायो । जनताले गाउँ भन्दा शहर रोज्न थालेका छन् । डा. भट्टराईको गाउँ फर्क अभियानमा सरकार भने बेखवर छ । सरकारको योजना गाउँ केन्द्रीत छैन । माफिया र दलाल केन्द्रीत सिंहदरबार भने जनताको जनजीविकाबाट टाढा छ । भट्टराईले आफ्नो जन्मथलो त संरक्षण गरे जनताको रहर पूरा गर्ने ठाउँमा छैनन् । जनताको समस्यामा ध्यान दिन दलहरू चाहँदैनन् भन्ने कुरा नेकपाको ४१ महिने सरकारका घातक चरित्र हो । त्यो सरकारका प्रम टावर बनाउन जति हौसिए, गरिबी नियन्त्रण, श्रम शोषणको अन्त्य, कालो बजार नियन्त्रणतर्फ ध्यानै दिएनन् । विकृति र विसंगतिका अनेक काण्ड त्यही सरकारले चलायो । जुन काम कम्युनिष्टको नाउमा हुनु हुँदैनथ्यो । अहिले पनि नेकपा एमाले जिम्मेवार दलका रूपमा प्रस्तुत भएकै छैन । सरकारलाई जनताको पक्षमा काम गर्न बाध्य पार्ने भन्दा कसरी हुन्छ प्रमलाई असहयोग गर्ने र अत्याउने दाउमा छ ।
संसदको विपक्षीले जनता राष्ट्रको हितका लागि सिन्को भाँच्दैनन् भने त्यस्तो प्रतिपक्षी घातक हो । एमाले जारी विधेयक अधिवेशनमा पनि विधेयकतिर भन्दा नालायक सिद्ध भएका असफल मन्त्रीहरू मोहन बस्नेत, प्रकाशशरण महत, प्रकाश ज्वाला, सुदन किराँतीतर्फ आक्रामक छ । ज्वाला एमालेबाट चोइटिएका एकीकृत समाजवादीका, किराँती माओवादीका हुन् । उनीहरूप्रति एमाले पूर्ण रूपमा पूर्वाग्रही छ । दलका बीचमा विभाजन ल्याउने काममा अग्रगामी हुँदा डा. भट्टराई गाउँको हितका लागि सिन्को भाँच्दैनन् भने त्यस्तो प्रतिपक्षी घातक हो । एमाले जारी विधेयक अधिवेशनमा पनि विधेयकतिर भन्दा नालायक सिद्ध भएका असफल मन्त्रीहरू मोहन बस्नेत, प्रकाशशरण महत, प्रकाश ज्वाला, सुदन किराँतीतर्फ आक्रामक छ । ज्वाला एमालेबाट चोइटिएका एकीकृत समाजवादीका, किराँती माओवादीका हुन् । उनीहरूप्रति एमाले पूर्ण रूपमा पूर्वाग्रही छ । दलका बीचमा विभाजन ल्याउने काममा अग्रगामी हुँदा डा. भट्टराई गाउँमा छन् ।