Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गाजामा युद्धविराम भए र इजरायली बन्धकहरू रिहाइ हुने

काठमाडौं । प्यालेस्टिनी सशस्त्र समूह हमास गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइको नयाँ प्रस्तावमा सहमत भएको छ।
हमासले युद्धविराम र बन्धक मुक्ति सम्झौताका लागि क्षेत्रीय मध्यस्थकर्ताहरूले ल्याएको पछिल्लो प्रस्ताव स्वीकार गरेको हो ।

कतारको पहलमा तयार पारिएको गाजा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइको नयाँ प्रस्तावमा हमासले स्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले बताएको छ ।

हमासले इजरायलका बाँकी रहेका करिब ५० मध्ये आधा बन्धकहरूमध्ये २० जीवित रहेको हुनसक्ने उल्लेख गरेको छ । ती बन्धकहरुलाई दुई चरणमा मुक्त गर्नेछ। प्रारम्भिक ६० दिनको युद्धविराम अवधिमा बन्धकहरू रिहा गरिनेछ, र त्यस अवधिमा स्थायी युद्धविरामबारे वार्ता अघि बढाइने बीबीसीले जनाएको छ ।
तर, यो प्रस्तावमा इजरायलले कुनै प्रतिक्रिया दिएको छैन। प्रधानमन्त्री बिन्यामिन नेतन्याहूको कार्यालयले गत साता इजरायलले सबै बन्धकहरू एकैपटक मुक्त नगरी कुनै सम्झौता स्वीकार नगर्ने बताएका थिए ।

 


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल