Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । छ महिनासम्म किस्तै नबुझाई गाडी चढ्न पाइने भएको छ । एनआईसी एशिया बैंकको सुपर चामत्कारिक सवारी कर्जाबाट टाटा ब्राण्डका कार खरिद गर्दा ६ महिनासम्म किस्ता तिर्न नपर्ने भएको छ । एनआईसी एशियाले टाटा ब्राण्डका सवारीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिसँग फाइनान्सिङ पार्टनरको सम्झौता गरेसँगै यो सुविधा पाइने भएको हो । समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी तथा कम्पनीको तर्फबाट उपाध्यक्ष सौरभराज थपलियाले हस्ताक्षर गरेका हुन् ।
कर्जाअन्तर्गत अधिकतम २ करोड रुपैयाँसम्मको रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी खरिद गर्न सकिने व्यवस्था छ र बैंकले रातो नम्बर प्लेटका निजी प्रयोजनको सवारीका लागि ५० प्रतिशत तथा व्यावसायिक प्रयोजनका रातो नम्बर प्लेटको सवारीका लागि ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्ने सम्झौता भएको छ । यो सुविधा सिप्रदी ट्रेडिङ प्रालिका देशभर रहेका सम्पूर्ण डिलरहरूबाट ग्राहक महानुभावहरूले लिन सक्ने बैंकले जनाएको छ । यस्तै, सुपर चामत्कारिक सवारी कर्जामार्फत सिप्रदी ट्रेडिङद्वारा बिक्री गरिने टाटा ब्राण्डका कार खरिद गर्दा ग्राहकले ४ देखि ६ महिनाको किस्ता भुक्तानी गर्न नपर्ने सुविधा बताइएको छ ।
बैंकका अनुसार सुपर चामत्कारिक सवारी कर्जामा वार्षिक ८।२५ प्रतिशत ब्याजदर तथा ०।२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य अतुलनीय र असीमित सुविधाहरूका साथ टाटा ब्राण्डका कारहरू ग्राहकले खरिद गर्न सक्नेछन् । चामत्कारिक सवारी कर्जामार्फत ग्राहकले आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्रै कर्जा प्रवाह गर्ने व्यवस्था बैंकले गरेको छ ।
यससँगै सवारी धितो राखेको हकमा ८ वर्षसम्म र सवारी तथा घरजग्गा दुवै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था छ । बैंकको ‘सुपर चामत्कारिक सवारी कर्जा’ प्राप्त गरेपश्चात् पहिलो वर्षसम्म कर्जाको ब्याजदर परिवर्तन नहुने र यसको ग्यारेन्टीका निमित्त बैंक र ऋणीको बीचमा व्यवस्था हुने कर्जा प्रस्तावपत्र र बैंकले ब्याजदर सम्बन्धी प्रतिवद्धतापत्रको व्यवस्था गर्नेछ । १ वर्षपश्चात् बैंकले ८।२५ प्रतिशत वा बेसरेट ८।२५ प्रतिशतभन्दा बढी भएमा बेसरेटबराबर नै यस कर्जाको ब्याजदर कायम गर्ने व्यवस्था गरेको छ ।
यस कर्जासम्बन्धी सल्लाह, सुझाव तथा गुनासो वा जिज्ञासाको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने उद्देश्यले बैंकले ‘सवारी कर्जा सहायता डेस्क’ स्थापना गरेको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल