Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गायक तथा संगीतकार योगेश वैद्यको निधन

काठमाडौं । गायक तथा संगीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेह रोगबाट पीडित वैद्यको विहीवार राति १२ः३० बजे काठमाडौं भ्याली अस्पताल सुन्धारामा निधन भएको हो । वैद्यको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अहिले बिहान ९ः३० बजे संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ । उनको निधनमा संगीतकर्मीले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । उनका ‘सपना भुलाइ सारा’, ‘मेरो आँशुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ आदि गीतहरू लोकप्रिय छन् । उनका नेपाल भाषाका गीत पनि लोकप्रिय छन् । उनको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने पारिवारिक स्रोतले बतायो । वनस्पतीशास्त्रमा एमएससी गरेका वैद्यले ३३ वर्षसम्म सरकारी सेवामा बिताएका थिए । उनी २०६१ सालमा सहसचिव पदबाट सेवा निवृत्त भएका थिए । राष्ट्रिय गीत सम्मेलनमा प्रथम तथा छिन्नलता गीत पुरस्कार, विख्यात त्रिशक्तिपट्ट प्राप्त गरेका साहित्यकार वैद्यका विभिन्न कृति समेत प्रकाशित छन् । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् ।


सम्बन्धित समाचार