Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
मेला महोत्सव र स्टेज कार्यक्रममा व्यस्त रहदै आईरहेका गायक नारायण थापाले जेठ १२ गते देखि २५ गतेसम्म नागार्जुन ६ डाँडापैवा सितापाईलामा संचालित ‘कृषि सांस्कृतिक तथा ब्यापार महोत्सव २०८२’ मा आफ्ना चर्चित गीतहरु मार्फत दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका छन् । प्रतिकुल मौसमका बाबजुद पनि दर्शकहरुको बाक्लो उपस्थिति रहेको महोत्सवमा बिभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुति पश्चात स्टेज चढेका गायक थापाले डबल पारेर, लेख्या माया पाईएन, माया जालैमा, मायाले लगायत आधा दर्जन भन्दा बढि आफ्ना कर्णप्रिय गीतहरुमार्फत दर्शकहरुलाई भरपुर मनोरञ्जन गराएका थिए । गायक थापासँगै दर्शकहरुले पनि साथमा गाएर साथदिंदा महोत्सवको माहोल उल्लासमय बनेको थियो । पछिल्लो समय मेला महोत्सवको पर्याय बनेका गायक थापा निकट भबिष्यमा बरपिपल, बनैमा फुल्ने जस्ता डान्सिङ्ग गीतमार्फत दर्शक झुमाउने तरखरमा छन् भने ति गीतहरुले दर्शकको मन जित्ने कुरामा आफु पुर्ण आशावादी रहेको उनले बताए ।
२०८२ जेष्ठ ३०
ताजा नेपाल
२०८२ जेष्ठ २५
ताजा नेपाल
२०८२ जेष्ठ २४
ताजा नेपाल