Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । गायक तथा संगीतकार विक्रम राईको मृत्यु शंकास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धान थालेको छ। खोटाङ घर भएका राईको फागुन १७ गते राति हरसुङमा अर्गानिक खाजा घर, अनामनगरमा मृत्यु भएको थियो। अत्यधिक मदिरा सेवन गरेका राईको मृत्यु शंकास्पद देखिएको भन्दै उनको परिवारले अनुसन्धानको माग गरेका छ। विक्रमसँग केही वर्षदेखि लिभिङ टुगेदरमा बसिरहेकी खोटाङकै युवतीविरुद्ध उनीहरूले किटानी जाहेरीसमेत दिन खोजेका छन्। घटना हुँदा ती युवती साथै थिइन्। त्यस रात विक्रम ढलेपछि तिनै युवतीले प्रहरीलाई खबर गरेकी थिइन्। प्रहरी भ्यानमा उनलाई बागबजारस्थित काठमाडौँ मोडल अस्पताल लगिएको थियो। अस्पतालले करिब एक घण्टापछि उनलाई मृत घोषणा गरेको थियो। शव पोस्टमार्टमपछि आफन्तले खोटाङ नै लगेर अन्तिम संस्कार गरिसकेका छन्। पोस्टमार्टमबाट पनि उनको मृत्युको कारण नखुलेको प्रहरीको दाबी भनाइ छ। अहिले प्रहरी भिसेरा परीक्षणको नतिजा पर्खिरहेको छ। भिसेरा परीक्षण प्रतिवेदन प्राप्त भएपछि थप अगाडि बढ्ने प्रहरीको भनाइ छ। प्रहरीले घटनास्थलको सीसीटीभी पनि हेरेको छ। त्यहाँबाट युवतीको भूमिका शंकास्पद नदेखिएकाले अहिले नै उनीविरुद्ध मुद्दा चल्ने अवस्था नदेखिएको प्रहरीको भनाइ छ।
२०८१ चैत्र ३
ताजा नेपाल
२०८१ चैत्र ३
ताजा नेपाल
२०८१ चैत्र ३
ताजा नेपाल