Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गायिका आस्थाविरूद्ध प्रहरीमा जाहेरी

काठमाडौं । गायिका आस्था राउतविरूद्ध अभद्र व्यवहार मुद्दाको जाहेरी काठमाडौं प्रहरीमा दर्ता भएको छ। प्रहरी जवान रमिसा श्रेष्ठले दिएको अभद्र व्यवहार कसुरअन्तर्गतको जाहेरी आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता गरेको हो। गायिका राउतमाथि कारबाही गर्न भनी प्रहरी जवान श्रेष्ठले दिएको जाहेरी दर्तासँगै प्रहरी राउतको खोजीमा जुटेको परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले बताए।

प्रहरी कर्मचारीलाई बुधबार दुर्व्यवहार गरेको प्रारम्भिक प्रतिवेदनलाई नै जाहेरी मानेर प्रहरीले राउतमाथि अभद्र व्यवहार कसुरको मुद्दा दर्ता गरेको हो। अभद्र व्यवहार कसुरको मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्छन्। यसमा एक वर्षसम्म कैद र जरिवाना हुने व्यवस्था छ। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान श्रेष्ठमाथि दुर्व्यवहार गरेको प्रतिवेदनमाथि अनुसन्धान तथा कारबाही गर्न काठमाडौं परिसरलाई निर्देशन दिइएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले राउत र प्रहरी जवान श्रेष्ठबीच भएको कुराकानीको भिडिओ तथा त्यसबेला रेकर्ड भएको सिसिटिभी फुटेजसमेतको प्रतिवेदन संकलन गरेर महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)मा पठाएको थियो। उक्त प्रतिवेदनमा जवान श्रेष्ठले आफूमाथि दुर्व्यवहार भएको उल्लेख गरेकी छिन्। मेट्रोले उक्त प्रतिवेदनमाथि कारबाही गर्न परिसर पठाएको थियो।

यस्तै, राउतले सो घटनालाई लिएर बाहिर ल्याएको भिडिओ पनि प्रहरीले संकलन गरेको छ। सो भिडिओका आधारमा राउतलाई साइबर अपराधसम्मको कसुरमा अनुसन्धान गरिने महानगरीय कार्यालयले जनायो। त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी रामकृपाल साहका अनुसार माघ १ गते राउत भद्रपुर जाने क्रम यो घटना भएको थियो। कानुनबमोजिम अधिकार प्राप्त सुरक्षाकर्मीले चेकजाँच गर्ने क्रममा राउतले दुर्व्यवहार गरेको देखिएको साहले बताए।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल