Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेपालको गुल्मि जिल्ला, छत्रकोट गापामा जन्मिएर स्वदेशदेखि विदेशसम्मको सांगीतिक अनुभव बटुलेका नन्दु परियार गीतसंगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायक तथा संगीतकार मानिन्छन् । आफूलाई थाहा भएदेखि गीत गाउन सुरू गरेको बताउने परियार युवादेखि बुढापाकाले रुचाइएका गायक, संगीतकार मध्ये एक हुन् । उनले गायको करिम फुटेको, रातै रमाईलो, पुतली भुन भुन, देउन त्यो मन, आछा लाहुरे, लामलाम पिरति, पात बजाउदै, जान्छेउ र माईलि, डालिमा बसेछ चरि, बोलको गीत उत्तिकै समय सान्दर्भिक र जनजिब्रोमा झुण्डिरहेको पाईन्छ । त्यसो त नौ जाले रुमाल, निर मायाँ प्रिममा, के हुन्छ के हुन्छ, नन्दनी, अमिलो अंगुर बोलका गीत पनि कम चर्चामा छैनन् ।
आफू गीतसंगीतकै लागि यो धर्तिमा जन्मेको भन्न रुचाउने परियारको नेपाली मौलिक गीतसंगीत र संस्कृतिलाई कलाको माध्यमबाट गाउँदेखि सहरसम्म मात्र नभएर विश्वसामू पु¥याउन ठूलो योगदान रहँदै आएको छ । सामाजिक विभेद र समस्याको उजागर गर्दै गीतसंगीतको माध्यमबाट आवाजविहीनहरूको आवाज मुखरित गर्न र सामाजिक परिवर्तनको अभियानमा लागिपरेका गायक परियार हालै सम्पन्न चौथो राष्ट्रिय विशाल लुम्बिनी लोक दोहरी अवार्ड २०८१ मा सर्वोत्कृष्ट भाका ‘लय’को अवार्डबाट सम्मानित भएका छन् । सम्मानको प्रशंगमा परियार भन्छन् ‘सम्मान र पुरस्कारले व्यक्तिको प्रतिभाको कदर गर्दछ । देश र समाजलाई सकारात्मक उत्साह र उर्जा प्रदान गर्दछ । राम्रो काम गर्ने व्यक्तिको प्रशंसा र पुरस्कृत गर्नु भनेको हामी जस्ता सिर्जनात्मक क्षेत्रमा काम गर्नेहरूको लागि जिम्मेवारी बोध हुनेमात्र होइन हौसला र उर्जा मिल्नु पनि हो ।’ गुल्मि जिल्ला आफैमा बिबिध कला, संस्कृतिले पूर्णता पाएको जिल्ला भएकोले गाउँमा हुने भजनकीर्तन, चुड्का, रत्यौली, रोधी, सोरठी, मादल र गन्धर्वको सारंगीको धूनले मलाई गायक बनाएको हो भन्छन् परियार । गीतसंगीत मनोरञ्जनको माध्यममात्र नभयर गीतसंगीतले समाजका कथा भन्न सक्नुपर्छ, समाजमा एउटा सन्देश फैलाउन सक्नुपर्छ भन्ने परियारको भनाईछ । गायन र संगीत सिर्जनामा उत्तिकै कृयाशिल नन्दु परियार २०६८ सालतिर आफ्नो स्वरमा पहिलो गीत रेकर्ड गराएर सांगितिक क्षेत्रमा भित्रिएका हुन् भने यसै क्षेत्रमा निरन्तर लागि रहने उनको मनसाय छ ।
२०८१ चैत्र २०
ताजा नेपाल
२०८१ चैत्र २०
ताजा नेपाल
२०८१ चैत्र २०
ताजा नेपाल