Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गीता र अविशेकको मौरी रसैमा

काठमाडौं । चर्चित गायक घमेश दुलाल र रचना रिमालको स्वरमा रोमान्टिक शैलिको लोकदोहरी गीत ‘मौरी रसैमा’को भिडियो श्याम प्रसाद तिमल्सिनाको अफिसियल युट्युव च्यानलबाट सार्वजिक भएको छ । अशोक कुमार सापकोटाको शब्द, श्यामप्रसाद तिमल्सिनाको संगीत, नारायण दङ्गालको संगीत संयोजन, मनोज परियारको मिस्किङ र माष्टरिङ रहेको गीतको रेकर्डिष्ट दिल बहादुर सार्की हुन् ।
श्यामप्रसाद तिमल्सिनाद्वारा निर्मित भिडियोमा गीता ढुंगाना अविशेक खड्का आदिको अभिनय रहेको छ भने सम्पादन, कलरिङ राजेन्द्र पुरी, कोरियोग्राफी माधव श्रेष्ठ, छायाँकन मुकेश हुमागाईं, निर्देशन अशोककुमार सापकोटाको रहेको छ ।