Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गीता र तेजुलाको मेरो कथा

अहिले प्रोडुसरहरुलाई पैसा कता तह लगाउ कस्तो भएर हो कि विजनेसको हिसाबले हो टेलिसिरियल बनाउने होडबाजी जस्तै भएको छ । यस्तै होडबाजी र सिरियलहरुको भिडमा छुट्टै पहिचान बोकेर आएको छ टेलिसिरियल मेरो कथा । छोटो समयमा नै मेरो कथाले लाखौं दर्शकको माया जित्न सफल भएको छ । उनै दर्शकको चाहना अनुसार अब हरेक हप्ता दुई पटक अर्थात शनिबार ७ः३० र बुधबार ७ः३० मा दुई चोटि प्रसारण हुने भएको छ । यस टेलिसिरियलमा प्रमुख पात्रमा जिवन्त अभिनयका खानी अग्रज अनुभवी कलाकार रमेश बुढाथोकीलाई देख्न सकिन्छ भने २० औ वर्षदेखि आशक्त भएर आफ्नो जिन्दगीलाई धिकार्दै बसेका पवन मैनालीलाई पनि देख्न सकिन्छ । यसै गरी कथाका अन्य प्रमुख पात्रका रुपमा हिम बाला गौतम, गीता नेपाल, तेजुला खतिवडा, प्रिया रिजाल र माधव पण्डित, अशोल धिताल, रिया श्रेष्ठ, जया श्री कार्की, नेपी श्री कार्की, सन्दिप कंडेल, गणेश देवकोटा, सरोज दाहाल लगायतका अन्य कलाकारहरुको पनि दमदार प्रस्तुती हेर्न सकिन्छ ।
आँटे छोरी मान्छेले के गर्न सक्दैन भन्ने एक उदाहरण दिएका छन, मेरो कथाकी लेखन निर्देशन गीता नेपाल र निर्मात्री तेजुला खतिवडाले । अहिलेको भिडभाडामा पनि मेरो कथालाई मजबुत बनाउदै दर्शक सामु पस्कदै जाने साथ मिलेको छ । अभिनेत्री तेजुलाले अहिलेसम्म जस्ट फर यु, मोस्ट वान्टेड लगायत थुप्रै चलचित्र, टेलीसिरियल म्युजिक भिडियो लगायतमा काम गरेर दर्शकको मन जितीसकेकी छिन भने पछील्लो समय उनी अझै सशक्त रुपमा अगाडि बढ्दैछिन ।
यस टेली सिरियलमा अभिनय गर्ने उतिकै अनुभवी कलाकार रमेश बुढाथोकीको पनि पहिचान छुट्टै छ । वर्षौदेखि भिलेनको रुपमा प्रस्तुत हुने बुढाथोकी यस् सिरियलमा पनि भिलेनकै रुपमा प्रमुख पात्रमा देखिएका छन भने अन्य थुप्रै कलाकार पवन मैनाली, हिम बाला गौतम, गीता नेपाल, तेजुला खतिवडा, प्रिया रिजाल र माधव पण्डित लगायतका अन्य कलाकारहरुको पनि दमदार प्रस्तुती हेर्न सकिन्छ । कथालाई लेखन तथा निर्देशन गीता नेपालले गरेकी छिन निर्माताद्वय तेजुला खतिवडा र कृष्ण कार्की रहेका छन ।