Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गुटलाई च्याप्दा नेकपामा खैलाबैला

काठमाडौं । नेकपाको पद विभाजन र नेताहरूले दर्शाएका अभिव्यक्तिले अब फेरि एक पटक पार्टीमा चरम विवाद चम्किने स्थिति बन्दैछ । पूर्व प्रम माधव नेपालले यसको संकेत गरेका छन् । प्रधानमन्त्री केपी ओलीले आफ्नो गुट बलियो बनाउन सचिवालय र विभागहरूमा आफ्नै बाहुल्यता देखाउन वरिष्ठहरूलाई पन्छाएर विभागमा कनिष्टहरूलाई काखी च्याप्दा नै यो स्थिति आएको हो । ओलीले स्कुल विभागको जिम्मा ईश्वर पोखरेललाई भन्दा नारायणकाजी श्रेष्ठलाई अगाडि सार्नु पथ्र्यो । पार्टी एकताको सन्देश सकारात्मक रुपमा दिलाउनका लागि पनि उनले माओवादीलाई स्कुल विभाग दिलाएर विचारको बहस चलाउनु पथ्र्यो । तर ओली विचार होइन निचार सिद्धान्त चलाउँछन् । पोखरेलको अहंकार ओलीको उत्तराधिकारी हुने हो । संकट पर्दा छिटो रुप बदल्ने उनी सफल पात्र हुन् । उनको विगतले त्यही भन्छन् ।

पोखरेल माधव र झलनाथको बनेर हिजो बुटवल महाधिवेशनबाट महासचिव भए, नवौं महाधिवेशनमा ओलीको पक्षमा हावा बग्यो उनी रातारात ओलीको बनेर पुनः महासचिव पड्काएका पात्र हुन् । अब नेकपाको महाधिवेशन दुई वर्षमा नहुने वातावरण बन्दैछ । नेकपाको पार्टी एकता भएको छ । जनताले दुई पार्टीको एकतालाई जोडदिएकै कारण पद विभाजन नहुँदै केपी, प्रचण्ड, माधव र झलनाथले पार्टी एकता घोषणा गर्न हतार गरे । तर आफू माओवादीको साथ लिएर चुनाव जितेको भोलिपल्ट ईश्वरले प्रचण्डलाई मनपरी भन्न थाले । राष्ट्रियस्तरको नेताले त्यो बोल्न सुहाउँछ ? आफ्ना दूतहरू मार्फत् माधव नेपाल र प्रचण्ड विरुद्ध फेसबुक युद्ध चलाए । त्यही कारण अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकले अनुशासनहिन नेता तथा कार्यकर्तालाई ठाउँको ठाउँ कारबाही गर्ने निर्णय गर्नु परेको छ । झापा आन्दोलनमा तत्कालिन मालेले पनि जनहत्या गरेकै हो । तर त्यो बिर्सेर ईश्वर पोखरेलले प्रचण्डविरुद्ध हत्यारा भन्न पछि परेनन् । पोखरेलको आचरणले नेकपाभित्र शुद्धिकरण हुँदैन ।

उनी पार्टीको सूचना हिजो दरबार र भारतलाई सुम्पेर पैसा खाने नेता भएको एमाले जनजनलाई थाहा छ । अहिले पनि उनी तस्करहरूकै काम गर्छन् । त्यस्ताले मुलुकमा संघीयता र पहिचानको स्थापना गर्न सफल माओवादी जनयुद्धचो विरोध गर्न कति सुहाउँछ ? त्यो बेला ईश्वर माओवादीको टाउको काटेर ल्याउ पैसा लैजाऊ भन्ने दरबारमा प्रजातन्त्र बुझाउने शेरबहादुर देउवाको सत्ताका प्यादा थिए । बरु वामदेवहरू सरकारको दमनविरुद्ध बोल्थे । पोखरेलको पक्ष लिने राजेन्द्र गौतहरूको हैसियत तत्कालिन प्रेस चौतारी र वामपन्थी पत्रकारहरूबीच कस्तो थियो लुकाउनै पर्दैन । बागबजारतिर गएर बुझ्दा हुन्छ । खड्ग ओली मृगौला रोगी छन् । भोलि उनी थला पर्नासाथ रुप बदल्नेमा पहिलो पंक्तिमा ईश्वरहरू नै पर्नेछन् । समय आउँदैछ कुर्नुमात्रै पर्छ । माधवले एक व्यक्ति एक पद किन ल्याए ?

उनी महासचिव हुँदा ओलीले उठाएको ईस्यु हो यो । नेकपाको अबको राजनीति भनेको पुष्पकमल दाहाल र माधव नेपालको वरपर घुम्दैछ । युवा पंक्ति घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, महेश बस्नेत, शेरबहादुर तामाङहरूले अहिलेदेखि तयारी गरे हुन्छ । नेकपालाई सुधार्ने भनेको प्रचण्ड र माधवको एकताले नै हो । त्यसको संकेत मधेशका नेता स्व. रामवृक्ष यादवको कार्यक्रममा सँगै जानु आउनुले मात्र होइन पार्टीको पद विभाजनमा समान धारणा बनाउनुले देखाउँछ । अहिले ओलीको स्तुति गाएर स्कुल विभाग प्राप्त गरेका ईश्वरहरूले भावि बाटो हेरे हुन्छ । ढाँटेर जनतालाई गोलमाल गर्न सकिन्छ । मन्त्री पदको लोभ किन गरियो ।

गलत मान्छेसँगको सम्बन्ध ईश्वरका धेरै छन् । उनले विधि र प्रक्रियाको कुरा उठाए । ओलीको कुन विधिले विभाग वण्डापत्र भयो ? उनी कुन विधि र प्रक्रियामा स्कुल विभाग प्रमुख भए । कसैलाई खातैखात कसैको पुर्पुरोमा हात कुन विधि र प्रक्रियामा ओली ब्राण्डले चम्कायो ? दुई तिहाई प्राप्त सरकार र नेकपाको नेतृत्व जति चुत्कर छ मन्त्रीहरू जति भ्रष्ट छन् कार्यकर्ता पंक्ति इमान्दार छन् । चरित्रहिन हरि पराजुली, होउन् कि घुस्याहामा लोकप्रियता कमाएकी राधा ज्ञवालीलाई वामदेवले बोकेर कित टिक्छिन् ? भोलि यिनको हालत देखिन्छ । वामदेव तस्करका नेता हुन् भन्ने कुरा संसारले चिनेको छ । उनी इमान्दारपूर्वक संगठनमा होमिँदा कार्यकर्ताले साथ दिन्छन् । उनीमा देखिने समर्पण र योगदानको कदर पार्टीले गर्छ । उनी मुढी छन् उनलाई सांसद किन हुनुप¥यो ?

एमालेको नवौं महाधिवेशनका बेला उनले के बोले केपीको वकालत गर्दा ? पार्टीको वरिष्ठ नेता माधव नेपाल अध्यक्ष पदमा उठेका थिए । ओलिभन्दा छ मत कम न माधवको हो । तर माधवलाई बरियतामा पनि अपमान गरियो । वामदेव र ईश्वरले त्यो हेरे ? झलनाथ र वामदेवलाई रिझाउँदा ईश्वर पोखरेलले स्कुल विभाग प्राप्त गरेका हुन् । माधव नेपालले अपमान महसुस गरे । सचिवालयमा दर्ज गरे सात बुँदे असन्तुष्टि । ओलीले हिजो सताएको पीडा छँदैछ । कार्यालय सचिव रहेका कृष्णगोपाल श्रेष्ठको अहिले बिचल्ली भएको छ । उनले फेरि कार्यालय सचिव पाएनन् । माओवादी कोटाबाट श्रीराम ढकाल नै कार्यालय सचिव भए । कृष्ण गोपाल पनि ओलीको हुक्के भएकै हुन् । मौका पर्दा ओलीले कसलाई कहाँ थन्क्याउँछन् पार्टी एकताको डेढ वर्षपछि ईश्वरले स्कुल विभाग पाउँदा विचार गरेको खोई ?

किन विष्णु पौडेल, उपमहासचिवबाट बढुवा भए ? हिजोका सुकुम्बासी आजका भूमाफियाका सहयात्री विष्णु पौडेलले ललित निवासको जमिन हात पार्दा माधवलाई कति प्रयोग गरे त्यसको हेक्का गर्नु पर्दैन । के हुन्छ ललित निवास काण्ड ! प्रचण्ड पार्टीको अध्यक्ष त हुन्् । तर ईश्वरहरूको दृढता दुनियाँले थाहा पाएको छ । ओलीले राजनीतिक दाउपेच गर्न नसकेको बेला रातारात रंग फेर्ने विघटित एमालेका छेपाराहरूको हरिबिजोग नहोस् । रुप बदल्न नपरोस् । बहुदलीय जनवाद दक्ष प्रजापतिको टाउको हो भन्ने झलनाथ नीति तथा सिद्धान्तको ठेकेदार भएको ईश्वरले ख्याल गर्नु पर्दैन ?


सम्बन्धित समाचार