Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गुठी विधेयकमा प्रधानमन्त्रीको तर्क

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा देखाएको चरित्रप्रति इंगित गर्दै विचित्रको एउटा लोकतान्त्रिक आवरणभित्र प्रतिक्रिवादी, संकीर्णवादी चरित्र देखिएको बताए । ‘पछिल्लो समय हामी लोकतान्त्रिक शक्ति एकजुट भयौं, उपलब्धि हासिल र्गयौं । यो भनेको फलानै सरकारमा जानुपर्ने अरु बाहिरै बस्नुपर्ने भन्ने पक्कै होइन ।’ उनले भने, ‘आफू भन्दा अरु आए स्वीकार्नुपर्छ भन्ने लोकतन्त्र हो । अर्थात आज जुन प्रवृत्ति देखा परेको छ यसले लोकतान्त्रिक अभ्यास अघि जाँदैन । म सबैलाई भन्न चाहान्छु । यत्रो बलिदानबाट प्राप्त गरेको उपलब्धिलाई रक्षा गर्नु सबैको दायित्व हो ।’
प्रधानमन्त्री ओलीले अहिलेको सरकार देशप्रति, सार्वभौमसत्ता, स्वाधिनता, राष्ट्रिय हितप्रति सचेत रहेको बताए । उनले भने, ‘यो भनिएको मात्र होइन, गरिएको काम हो र राखिएको अडान हो । अलिहेको सरकार अरुले ल्याइदिएको लोकतन्त्र स्वीकारेर आएको मात्र होइन । आन्दोलनको लामो श्रृंखलको अग्रभागमा संघर्षको साक्षी बनेको हो । परिवर्तन साकार पारेर आएको सरकार हो ।’ उनले सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अचानक फुत्त ननिस्किएको तर्क गरे । लामो संघर्षका उतार(चढावबाट आएकोले लोकतन्त्रको रक्षाप्रति सरकार प्रतिवद्ध रहेको बताए ।
सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले भने, ‘सरकार लोकतान्त्रिक हकप्रति सजक छ । प्रेस स्वतन्त्रता, आवधिक प्रेस, मानवअधिकार प्रति प्रतिवद्ध छ । विकासका क्षेत्रमा पनि सरकारले उत्तिकै ध्यान दिएको छ । देश बनाउने अभिभार बोकेको अभियानमा संलग्न छ ।’ उनले सरकारले गरेको काम देखेर केही तत्वले साम्प्रदायिक विद्वेष भड्काउन खोजिएको आरोप लगाए । सामाजिक सद्भावमा आधारित राष्ट्रिय एकतामा जोड दिँदै सरकारले सामाजिक न्याय र समानतालाई जोड दिएको बताए ।
उनले भने, ‘आज केही तत्व आत्तिएको देखिएको छ– समृद्धिका काम कसैले रोकेर रोकिने छैन । यो शासन र विकास मुल मन्त्र हो यो आत्मसातका साथ सरकार अघि बढ्छ ।’ प्रधानमन्त्री ओलीले यूरोप भ्रमणले नेपाल र बेलायतबीचको सम्बन्ध मैत्रीपूर्ण रुपमा विकास भएको जानकारी गराए । उनले नेपालको समृद्धिका विषयमा त्यहाँ जानकारी गराएको बताउँदै फ्रान्समा भएको भेटघाटका विषयमा त्यहाँका प्रधानमन्त्रीसँग द्विपक्षीय हितका विषयमा कुरा भएको जानकारी दिए । त्यहाँका व्यापारीसँग पनि लगानीका विषयमा छलफल भएको जनाए । त्यसैगरी टर्कीका राष्ट्रपति, स्वीटजरल्याण्डका पूर्व राष्ट्रपति, दक्षिण अफ्रिकाका राष्ट्रपति लगायतसँग छलफल भएको र यस छलफलले नेपालको अन्तर्रा्ष्ट्रिय क्षेत्रको भूमिका अब्बल बनेको दाबी गरे ।
गुठी विधेयकमा प्रधानमन्त्रीको तर्क
उनले २०३३ सालमा बनेको ऐनले गुठी संस्थान बनाएको बताउँदै भने, ‘त्यसले राम्ररी काम गर्न सकेन भन्ने आवज उठेकै हो । उपयुक्त काम नभएपछि पुनर्गठन गर्दा सम्मानित अदालतबाट पुनर्स्िथापित भएको हो । यसलाई सुसञ्चालन गर्नका लागि प्राधिकरणका रुपमा लैजान मात्र खोजिएको हो ।’ उनले हाम्रो संस्कृतिको संरक्षण गर्नका लागि विधेयक ल्याउन लाग्दा उल्टो र भ्रमपूर्ण कुरा भएको बताए । उनले भने, ‘काठमाडौंभित्रका धार्मिक, निजी गुठीलाई हाम्रा संस्कृतिसँग जोडिएका छन् । यिनीहरुको सम्पत्तिको सुरक्षा होस् भन्ने हेतु हो, प्राधिकरणले गुठी सञ्चालन गर्ने भन्ने होइन । यो भ्रम सिर्जना गरिएको मात्र हो ।’
उनले आन्दोलनमा कस्ता कस्ता मान्छे छन् ? गुठीलाई कति माया गर्ने मान्छे छन् ? यसबारे आफू प्रस्ट भएको भन्दै कति मुर्तिहरु हराए, तिनीहरु हराउन नपाउन्, गायब हुन नपाउन्, सम्पदाहरु सुरक्षित होउन् भन्ने हाम्रो हेतु हो । तर यसमाथि भ्रम फैलाइएको आरोप लगाए । यतिबेला देशवासीले सोच्नुपर्ने समय आएको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘एउटा विधेयक बन्यो माइतीघर मण्डला, अर्को बन्यो माइतीघर मण्डला, माइतीघर साँच्चिकै माइतीघर रहेन । जसो गरेपनि अनवरत आन्दोलन मात्र हुने ? ’

उनले लोकतन्त्रमा संवादबाट समाधानको उचित बाटो निस्किने बताए । लडाइ भइरहेका ठाउँमा सम्वादबाटै टुंगिन्छ । हाम्रो देशमा पनि लडाई भएको थियो, संवाद बाटै टुंगिएको हो ।
उनले भने, ‘आवेश र उत्तेजना फैलाएर सम्भव हुँदैन । सधैँ माइतीघर मण्डला र सडक संघर्ष गरिरहनुपर्ने अवस्था होइन । जनताप्रति उत्तरदायी सरकार जनताको हितमा काम गर्छ ।’ उनले भने, ‘जसका असन्तुष्टि छन्, म आह्वान गर्न चाहान्छु, छलफल गरौं । आफ्नै जिद्दिले निष्कर्ष निस्किँदैन । देशलाई फाइदा हुने, लोकतन्त्रलाई फाइदा हुने कुरा गरौं, समस्या समाधानका लागि लागि सरकार तयार छ ।’