Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गुडिरहेको बसमा एक्कासी आगलागी भएपछि…

काठमाडौं । रौतहटमा गुडिरहेको बसमा एक्कासी आगलागी भएको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिका–४ स्थित पश्चिम लच्का नजिक आज बिहान सवा सात बजेतिर बागमती प्रदेश(२(०३(००१ ख ५५५५ नम्बरको बसमा अचानक आगलागी भएको हो। काठमाडौँबाट तिहारका यात्रु लिएर चन्द्रपुरतिर आउँदै गरेको बसमा ब्याट्रीको तार सर्ट भएर आगो लागेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले नेपालखबरलाई जानकारी दिए। आगलागीको खबरपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रुपेश कुमार झाको कमाण्डमा प्रहरी खटिएको थियो। स्थानीयवासी, प्रहरी र बारुण यन्त्रको सहयोगमा करिब एक घण्टामा आगो नियन्त्रणमा लिइएको कार्कीले बताए। आगलागीबाट बस पूर्णरूपमा जलेर नष्ट भएको छ। घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीको भनाई छ। बसमा आगो लाग्न थालेपछि यात्रुले भागेर ज्यान जोगाएका थिए। बसमा आगो लाग्दा केही समय पूर्वपश्चिम राजमार्गमा सवारी आवागमनसमेत रोकिएको थियो।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

गगनले सभापति छाडे के हुन्छ काँग्रेस ?

२०८२ फाल्गुन २६

ताजा नेपाल