Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । जेनजी आन्दोलनले तहस तहस भएको प्रहरीका भौतिक संरचना बन्दै गर्दा टोले गुण्डा र डनहरूको सक्रियता देखिन्थ्यो । प्रहरीसँग सम्बन्ध विस्तार गरेर अपराधबाट बच्न सफल समूह प्रत्येक शहरबाट पक्राउ पर्दैछ । प्रहरीले यस्तो अपरेशन हरेक वर्ष गर्छ । तर कतिपय ठाउँमा प्रहरीसँग जोडिने अपराधीहरू यस पटक भने उम्कन नसक्ने भएका छन् । प्रहरीले केहीलाई छाडेको छ केही कानुनी प्रक्रियामै छन् । राजनीतिक दलहरूले अपराधीहरूलाई कार्यकर्ता ठान्ने चुनावमा उम्मेदवार बनाउने प्रवृत्ति पनि जारी छ । काठमाडौं प्रहरीमा फरक फरक मुद्दा झेलेका दिपक मनाङे, मिलन चक्रे, राजु गोर्खाली, गणेश लामा जस्ता समूहहरू आज विगत जस्तो क्रियाकलापबाट टाढा छन् । यही समूहभित्रका कुमार श्रेष्ठ घैंटे र दिनेश अधिकारी चरी प्रहरीको इन्काउन्टरमा मारिएका थिए । प्रहरीको गुण्डा पक्राउ मिशन जेनजी आन्दोलनका कारण गत वर्ष चलेन । किनकि आफ्नै कार्यालय र हतियार सुरक्षा गर्न नसकेको भाद्र २४ को घटना र भाद्र २३ को जनदमनको प्रतिकार थियो । तत्कालिन सरकारले छानविन प्रक्रिया अगाडि बढाउँदा भाद्र २३ लाई केन्द्रीत गरी २४ को छानविन नगर्नु आफैंमा शंकास्पद कार्य हो । प्रहरीको विभागीय संरचनामा फेरबदल हुनासाथ नयाँ प्रमुखले टोले गुण्डा र डनलाई दिने निम्तो पक्राउ हुने गर्छ । लगानी नगरी हप्ता हसुली चलाउने होटल, म्यानपावर, रेष्टुरा र जग्गाको कारोबारीहरूलाई सताउनेहरू प्रहरीको अपरेशनबाट आतंकित छन् । हिजो ठमेलमा दादागिरी गरेर जीविका धान्ने दिपक मनाङे अदालती सफाई नपाए पनि गण्डकी प्रदेशमा दुई पटक स्वतन्त्र सांसद भए सत्ता अदलबदलमा सांसदको हात हुँदा मन्त्री समेत भए काँँग्रेस, एमाले माओवादीको तर्फबाट मुख्यमन्त्री भएकाहरूले दीपकको साथ लिए । यस पटक उनको प्रतिद्वन्द्वी मिलन चक्रेलाई नेकपा एमालेले गोरखा २ को उम्मेदवार बनायो । जबकि तिनै चक्रेलाई एमालेकै सरकारले महाराजगञ्ज चक्रपथको होटल सम्बलामा होहल्ला मच्चाएको भन्दै जेनजी आन्दोलन अगाडि पक्राउ गरेको थियो । डनकै रूपमा स्थापित गणेश लामा काँग्रेसका विजय गच्छदारको साथमा पार्टीको केन्द्रीय सदस्य समेत बनाइए । राजनीति गर्नेकै संरक्षणमा यस्ता डनहरू बढेका हुन् । बालुवा खानी, क्रसर उद्योग, ढुंगा खानीमा यिनको सम्बन्ध कानुन विपरितका धम्कीका कारण जबर्जस्त रहन्छ । म्यानपावरका सञ्चालकले आफूले वैदेशिक रोजगारकिो नाममा गरेको ठगीबाट बच्न डनहरूलाई आफ्नो सुरक्षा कब्ज ठानेर बोलाई बोलाई दशैं, नयाँ वर्ष, महाशिवरात्री जस्ता पर्वमा पैसा दिने चलन छ । प्रहरीको गुण्डागर्दी र आतंक नियन्त्रणको शुरुवात नै हरेक जिल्ला आफ्ना मातहतका प्रभाव र अपराध नियन्त्रण ममाईमार्फत् देखाइने सक्रियता हुने गर्छ । यो वर्ष प्रहरी जेनजी आन्दोलन लगत्तै काठमाडौंमा आफ्नै भौतिक संरचना पुननिर्माणमा जुट्यो । फागुन २१ को निर्वाचनमा खट्यो । देशमा स्थायी सरकार बन्नासाथ परम्परागत प्रक्रियाकै रूपमा स्थापित गुण्डा पक्राउ अभियानले नेपाल प्रहरीको सक्रियता देखिएको हो । प्रहरीको आन्तरिक खरिदमा सुधार हुने स्थिति भने छैन । हयितार, बन्दोबस्तीका सामान खरिद गर्दा सेना, सशस्त्र, नेपाल प्रहरीको नेतृत्वलाई काबुमा राख्ने पहुँचवाला दिपक भट्ट थन्के पनि दिपक मलहोत्रा, रोहिणी थपलिया, भूषण राणाहरू आज सज्जनका रूपमा गणना हुँदैछन् । अर्थमन्त्रालयमा पहुँच पु¥याएर बजेट बन्दोबस्त गर्ने बहादुर भट्ट आज सम्पत्ति शुद्धिकरण विवादमा थुनिएका हुन् ।
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल