Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गुण्डा र डन सांसद र मन्त्री

काठमाडौं । तस्कर र गुण्डालाई पार्टीमा भिœयाएर आदर्शका कुरा गर्ने कम्युनिष्ट र काँग्रेसले समाजमा ऐजेरु बनेका दीपक मनाङ, रोज राना, गणेश लामा, मिलन चक्रे, कुमार घैंटे, दिनेश अधिकारी (चरी) जस्ताको आम्दानीबाट पोसिएका नेतालाई अब भने लज्जित बनाएको छ । हिजो नकेपा एमालेले आफ्नो कोटाको सांसद सिटमा समर्थन गर्दा गण्डकी प्रदेशको मनाङबाट प्रदेश सांसद बनाइएको थियो । रोज राना अर्घाखाँचीबाट सांसद भएका छन् भने मिलन चक्रे बेपत्ता भएका छन् । उनी राजधानीमा डिसको र डान्स चलाउने गर्थे । प्रहरीमा पटक पटक उजुरी पर्दा राणालाई जोगाउन काँग्रेसका नेताहरु नै भए । गणेश लामा काँग्रेसमा विजय गच्छदारको टिममा थिए । लामा बारम्बार प्रहरीको निगरानी थिए । चक्रे मिलन तत्कालिन एमाले नेता प्रदीप नेपालका आफन्त हुन् । हिजो मनाङे चक्रपथ मित्र मिलन ठमेल एरियाका डन थिए । वाइसिएल आएपछि उपत्यकाभित्र गुण्डा र डनहरु तह लगाएका थिए । पछिल्लो चरणमा माओवादीका नेता र मन्त्री नै बदनाम भए अहिले सरकारमा भएका एमाले, माओवादी र एकीकृत समाजवादीमा पनि ठेकेदार, तस्कर, भ्रष्टहरुकै दबदबा छ । पार्टीका नेता तथा अध्यक्षहरु पनि पदीय लोभ र सत्तालाई ध्यान दिनेमा परेका छन् ।
लोकतन्त्रमा लुट्न पाइन्छ भन्ने कुरा संसदको वर्तमान परिस्थितिले झल्काएको छ । आज राजनीति घृणाको खेल भएको छ । नेताहरुलाई पैसा भए पुग्छ । पार्टीको सिद्धान्त, नीति, कार्यक्रमको चासो छैन । संघीयतामाथि प्रहार गर्ने राप्रपालाई साथ दिने कम्युनिष्टका सीपी मैनाली, मोहनविक्रम सिंह र नारायणमान बिजुक्छे जस्ता जनाधार नभएका नेता भए ।
जनताले राज्यबाट केही पाएन । कालो बजार र भ्रष्टाचार चरम छ । महंगी नियन्त्रणमा सरकारले ध्यान दिँदैन । हिजो काँग्रेसका रमेश रिजाल उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री थिए । आज एमालेका दामोदर भण्डारी छन् । अर्थमन्त्रीले चासो लिएर जनतालाई राहत दिने योजना ल्याउँदा पनि बाणिज्य क्षेत्रमाथि कडीकडाउ गरे हुँदो हो । हुने विरुवाको चिल्लो पात हुन्छ । तर प्रम प्रचण्डको दोस्रो कार्यकाल शुरु भएको एक महिना पुग्दैछ । तर २÷४ तस्करका सारथी पक्रेर आफैं विवादित गृहमन्त्री रवि लामिछानेको लहरमा हावा लागेको छ ।