Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गुण्डुमै कुटी बनाएर ओलीलाई राख्ने महेशको घोषणा

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई गुण्डुमै कुटी बनाएर राख्ने घोषणा गरेका छन् । बुधबार जेनजी आन्दोलनकारीले जलाइदिएको बालकोटस्थित घर हेर्न पुगेका ओलीसँगै पुगेका बस्नेतले यस्तो घोषणा गरेका हुन् । उनले उक्त घर ओली कुटी भनेर बनाइदिने बताए । उनले भने, उहाँको परिवार बच्चाबच्ची नभएको र उहाँले सबैलाई बच्चाबच्ची सरहै मान्ने भएको हुनाले उहाँको लागि त धेरै जग्गा जमिन चाहिँदैन । उ बेलामा भए राम कुटी भन्थे अहिले ओली कुटीका हिसाबले हामी उहाँहरुलाई नजिकै गुण्डु त्यो चाहिँ २ नम्बर वडा सूर्यविनायकको हामी चाहिँ ७ नम्बर वडामा बस्ने वासस्थानको व्यवस्था चाहिँ हामी गुण्डुमा गराइदिन्छौं । उहाँ बस्नको लागि हामी यहाँ थप खर्च गर्दैनौं । हामी गुण्डुमा उहाँलाई बस्ने एउटा नामै ओली कुटी राखेर बनाइदिँदैछौं । त्यही भएर उहाँको लागि बालकोटमा खर्च गर्दैनौं । उनले आन्दोलनकारीले जलाइदिएको ओलीको घर मर्मत नगरिने बताए । बस्नेतले ओलीको जलाइएको सबै घर ओलीको नभएको बताए । उक्त घरहरु राष्ट्रिय सम्पतिको रुपमा रहेको उनले दाबी गरे ।

 


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल