Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गुन्डागर्दीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । विभिन्न प्रकारले धाकधम्की दिई गुन्डागर्दीमा संलग्न रहेको अभियोगमा काठमाडौं ठमेलबाट २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाग्लुङ् ढोरपाटन नगरपलिका(६ घर भई काठमाडौं ग्रिनल्याण्ड बस्ने ३१ वर्षीय देवेन्द्र बहादुर घर्तिमगर र धादिङ निलकण्ठ नगरपालिका(३ घर भई काठमाडौं नयाँबजार बस्ने २४ वर्षीय सुजन पौडेल रहेका छन् ।
हातहतियार देखाउने तथा धाकधम्की समेत दिई त्रास पैदा गर्ने जस्ता कार्य गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
साथै उनीहरुले २०६४ सालमा दुई व्यक्तिलाई गोली प्रहार गरी घाईते बनाएकोमा ज्यान मार्ने उद्योगमा ४ बर्ष जेल सजाय र २०७१ सालमा एक व्यक्तिलाई खुकुरी प्रहार गरी घाइते बनाएको ज्यान मार्ने उद्योगमा २०७३ सालमा धादिङमा ७ महिना र नुवाकोटमा ४ महिना सजाय भोगेको अनुसन्धानबाट खुल्न आएको उक्त महाशाखाले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल