Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गुप्तचरको वार्षिक कार्यक्रममा संगठनकै चिन्ता

काठमाडौं । २००८ सालमा स्थापना भएर ०१७ सालदेखि जिम्मेवारी पाएको राष्ट्रिय अनुसन्धान विभागले भदौ १२ गते ७४ वर्ष पुरा गरेको छ । यो अवधिमा डिआईजी स्तरबाट अवकाश पाए पनि एआईजी सरह सेवा सुविधा पाएका चन्द्रबहादुर खड्कालाई लाइफ टाइम एचिभमेन्ट दिएर विभागका प्रमुख मख्ख परेका छन् । किनकि त्यहाँ आफ्नो कार्यकाल २७ गते पूरा हुने भएपछि संगठनको आन्तरिक संरचनाका बारेमा खरो ढंगले प्रस्तुत हुने पूर्व प्रमुख देवीराम शर्माहरुले बोल्ने मौका पाउने अवस्था थिएन । सहभागीका रुपमा गणेश अधिकारी, मोती गुरुङ, दिलिप रेग्मी, यदुलाल खरेल जस्ता पूर्व प्रमुखहरु हौसिएको अवस्थामा थिए । तर, महिलाहरुको पर्व तीजका कारण अधिकृत स्तरका एक जनामात्रै सहभागी देखिए । भूतपूर्व समूहको तर्फबाट निमन्त्रणा पठाए पनि सोचे जस्तो सहभागिता देखिएन । अवसर खोज्ने, संगठनको निम्ति काम नगर्नेहरु जहाँ पनि मौका पाउँदा सक्रिय हुन्छन् । तर संगठनलाई यतिखेर श्रोत जुटेको छ, भौतिक पूर्वाधार निर्माणका लागि राज्यले चासो दिएको छैन । मुलुकका लागि सक्रिय हुने संगठनलाई पर्यटकीय ढंगको सचिवको अधिनमा राखेर सरकारले कसरी काम गर्ला ? यो विषय पनि सहभागी पूर्व प्रमुखहरुले आन्तरिक रुपमा खासखुस गरेको देखिन्थ्यो । किनकि मुलुकको राजश्व बढाउनका लागि अनुसन्धानको सक्रियता र चासो बढी महत्व हुन्छ । यही मुलुक हो जहाँ भन्सार विभागका प्रमुख बारम्बार फेरिन्छन् र फेरि सरकारले राजश्व बढेन भनेर चिन्ता व्यक्त गर्छ । एउटा सचिव प्रधानमन्त्री कार्यालयमा मिजिट प्रोफेसरको रुपमा उपस्थित हुन्छ र उसको अधिनमा राष्ट्रिय अनुसन्धान विभागलाई राखेपछि त्यो विभागले गाली खान्छ कि प्रशांसा ? यो विषय पनि आजको कार्यक्रममा उठ्नु पथ्र्यो, तर उठेन । पूर्व प्रमुखका नाताले चौधरीले भाषण गर्नुभयो, त्यहाँ आफैं एआईजी बन्नका लागि कार्यालयमा पत्र आएपछि पनि पत्तो नपाउने नै देखिए । एक महिने सिनियर र जुनियरकाबीचमा अनुसन्धान विभागको आगामी प्रमुख बन्ने बारेमा पनि खाना खाँदै गर्दा निकै हाँसखेल भएको थियो । पूर्व प्रमुख देवीराम शर्माका अगाडि जोशी र कार्कीले एकले अर्काप्रति गरेको सम्मान र सद्भावलाई धेरैले रुचाएको देखियो । बन्दुक दिने तर विश्वास नगर्ने भएपछि एउटा सिपाहीले पनि भनेको काम गर्दैन । अहिले राष्ट्रिय अनुसन्धान विभागलाई बन्दुक बिनाको सिपाही बनाएर सरकारले आफ्नो सुरक्षा संयन्त्रलाई मजबुद बनाएको भनिरहेको छ तर प्रमुखलाई विश्वास नगर्ने हो भने त्यो सिपाहीलाई बन्दुुकको गोली र विश्वास गरेर के अर्थ हुन्छ ? त्यही कारण राज्यको तहबाट अनुसन्धान विभागको अधिकारक्षेत्र, आवश्यकतालाई अब हुने विभागीय प्रमुखले एजेन्डाका रुपमा राज्यका प्रमुखहरुसम्म लैजान सक्छन् कि सक्दैन् भन्ने विषय आजको जमघटमा गम्भीर रुपमा उठाइएको थियो ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल