Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सन्तान पाउनु कता कता कान्दानीको हतारो भने जस्तै छ राष्ट्रिय अनुसन्धान विभागका उप निर्देशक ओमराज जोशीको ताल । मेरो पुजारीको पुत्र हो जहाँ त्यहाँ नपठाउनु होला मान्छे सोझो छ । जनयुद्धकालमा काँग्रेसका सभापति शेरबहादुर देउवाले जोशीका बारेमा तत्कालिन प्रमुख देवीराम शर्मालाई भन्ने गर्थे । संयोगले उनकै मामा चेला रमेश लेखक अहिले गृहमन्त्री छन् । पुजारी पुत्र र गृहमन्त्रीका फुपु पुत्र भएकाले विभागमा असक्षम भए पनि कतै जोशी जस्ताबाट अनुसन्धान पंगु त हुँदैन ? यो छटपटीले विभागका चल्ता पुर्जा उपनिर्देशनहरूलाई खस्रक्क बनाएको छ । किनकि देवराज भट्ट आउट, दिलीप रेग्मी इन त्यहीं भयो । प्रमुख हुतराज थापाले संस्थागत सुधार गर्ने आँट गरेका हुन् । उनीमाथि पनि बेला बखत काँग्रेस एमालेहरूले दाबी लगाउँछन् । काँग्रेस र एमाले मात्र शासक हुन् । उनी न त माओवादी, न त काँग्रेस र र राप्रपावादी तीनको ध्यान केबल संस्थागत सुधारमा अनुसन्धानवादी भन्दा हुन्छ । तर आरोप अनेक सहेका छन् । अनुसन्धान विभागको गरिमा बचाउँछु भन्दा बाद लाग्छ, एमाले, काँग्रेस हुँदा त्यो छूट हुन्छ ? के लोकतन्त्रमा राष्ट्र सेवकले संस्थागत सुधार हुनुपर्छ भन्दा एमाले काँग्रेसले गुप्तचरमा पार्टी करण नै खोजेका हुन् ?
तिनै जोशीले थापालाई हटाएर आफू प्रमुख बन्न सुदूरपश्चिमकै नारा लगाएर सिंह थरको अधिकृत परिचालन गरेको कुरा विभागमा चर्चित थियो । नियमले मिलने प्रधानमन्त्रीको कार्यालयमा जोडिएका विभागलाई प्रधानमन्त्री केपी ओलीले भत्काउन रुचाएनन् । भन्नेले जे भने पनि हुतराज थापा अनुसन्धान विभागमा देवीराम शर्मा, गणेश अधिकारी, दिलिप रेग्मीहरूकै देखासिकीले टिकेका प्रमुख हुन् । प्रमुखले आफूले संस्था छाड्दा क्षमतावान योग्य र कविल मध्येबाट एक छान्दा सरकारलाई घसाउँछ । अहिले तिनै थापा संकटमा छन् । किनकि हुतराजसँगै त्यो बेला उमेर हदले अवकाश गएका कुलदेव थापा, हरि पौडेल, सुनिल ढकालसँगै ओम जोशीप्रतिस्पर्धी थिए । तिनैमध्ये थापा, ढकाल, पौडेललाई उमेर हद लाग्यो । तर गृहमन्त्रीका फुपु पुत्र ओम जोशी अहिले पनि विभागमा अबको प्रमुख म भन्दै छन् । तिनैले हो गुप्तचरलाई पंगु बनाउने खेल खेलेको । उनले म ३ महिना प्रमुख हुन्छ त्यसपछि छोड्छु भने पनि पावर नभएका तर विभागले रुचाएका उप निर्देशक टेकेन्द्र कार्कीको टाउको दुःखेके हुनुपर्छ । किनकि अहिले थापापछि विभागको दौडधूपमा उनै कार्की छन् । तर देउवाका पुजारी पुत्र र लेखकका फुपु पुत्रले भने उनीहरूलाई हैरान पारेका छन् । जुन चलखेल यिनले चाहँदैनन् । गुप्तचरलाई अन्तर्राष्ट्रिय गुप्तचरसँग जोड्नुपर्छ । देशको स्वाभिमान र आत्म गौरवका कुरा गुप्तचरले उठाउनुपर्छ । थापाले कतिलाई न्याय गरे त्यो खोतलिन्छ ? सेनालाई राष्ट्रको रक्षक भनियो । तर त्यो सेना जब जनतामा गयो बदनाम भयो । आफ्नो मालिक बचाउन नसक्ने सेनालाई गुप्तचरको सूचना काम लाग्दैन । सशस्त्र र नेपाल प्रहरी नेका काँग्रेस र एमालेका भगिनी संगठन हुन् । जहाँ प्रहरीको सिआईबीले गरेको छानविन सरकारलाई काम लाग्दैन । सत्ताका अपराधी जोगाउन प्रहरी हो । तर अपराधीको बारेमा सूचना दिने गुप्तचर हो । जोशी जस्ता नालायकले अनुसन्धनलाई पंगु बनाउने प्रयास गर्दैछन् । त्यही कारण त्यहाँ छटपटी हुँदैछ । तर थापाको समय चार महिना बाँकी छ ।
२०८२ जेष्ठ १
ताजा नेपाल
२०८२ जेष्ठ १
ताजा नेपाल
२०८२ जेष्ठ १
ताजा नेपाल