Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं फर्किएपछि सबै जनप्रतिनिधि र कर्मचारीले तलब पाएका छन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा ३ महिनाभन्दा लामो समयदेखि रोएिको कर्मचारीको सबै तलब भुक्तानी भएको हो । करिब ३५ सय कर्मचारीसँगै महानगरका मेयर बालेन्द्र शाह (बालेन) देखि उपमेयर सुनिता डंगोल, वडाध्यक्ष र अन्य जनप्रनितिधिले समेत तलब पाएका छन् । महनगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेका अनुसार तलब भत्ताका नाममा ४१ करोड रुपैयाँ भुक्तनी भएको छ । महानगरमा मासिक रुपमा तलब भत्तासहितका लागि साढे १२ करोड रुपैयाँ हाराहारीमा भुक्तानी गर्ने गरिन्छ, काफ्लेले भने, त्यसमा केही कर्मचारीको पोशाक भत्ता र अतिरिक्त भुक्तानीसहित तीन महिनाको ४१ करोड रुपैयाँ हाराहारी भुक्तानी भएको छ । तीन महिना १४ दिनपछि गत चैत २१ गते बिहीबार काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कर्मचारी र वडाध्यक्षसहितका जनप्रतिनिधिले नगरप्रहरीको अवरोध चिर्दै कार्यालय प्रवेश गराएका थिए । काठमाडौं टावरको नक्सा १२ तलाको मात्रै गर्नुपर्नेमा १९ तलाको पास गरेको भन्दै मेयर बोलनले गुरागाईंविरुद्ध छानबिन समिति बनाएका थिए । छानबिन हुन्जेल गुरागाईंलाई बालेनले कार्यालय प्रवेशमा रोक लगाएका थिए । बालेनको सचिवालयले गुरागाईंको कार्यकक्षमा तालासमेत लगाइदिएको थियो । गुरागाईंलाई चैत २१ गते महानगरका जनप्रतिनिधि र कर्मचारीले कार्यकक्षको तालासमेत फुटाएर प्रवेश गराएका थिए । गुरागाईंले महानगरमा हाजिर गरेसँगै कर्मचारीदेखि जनप्रतिनिधिले तलब(भत्ता बुझेका हुन् । महानगरमा गुरागाईंलाई प्रवेश गराउँदाको दिन बालेन भने काभ्रेको पाँचखालमा लस्सी खाँदै थिए । त्यसपछि पनि उनी कमलादीस्थित कार्यालयमा हाजिर हुन आएनन् । पाँचखालबाट कालिञ्चोक पुगेका उनी ९ दिनपछि बिहीबार मात्रै कार्यलयमा हाजिर हुन आए । तर बालेन कार्यालयमा फर्किएकै दिन कर्मचारीका संगठनले घेराउ गरेका छन् । बालेन कमलादीस्थित कार्यालयमा पुगेकै दिन उनका स्वकीय सचिव भुपदेव शाह र प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई कारबाही मागसहित कर्मचारीका ७ संगठनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई ज्ञापन पत्र नै बुझाएका छन् । बालेन ९ दिनपछि आएको विषयमा महागरका सहायक प्रवक्ता काफ्ले यसलाई सामान्य रुपमा लिनुपर्ने बताउँछन् । जनप्रतिनिधिले कर्मचारीको जसरी दैनिक कार्यालय आइरहनुपर्ने बाध्यता नरहेको उनले बताए । मेयर बालेन ९ दिनपछि कार्यालय आएको पुष्टि गर्दै उनले बुधबार हिटीको अनुगमनमा गएको पनि खुलाए । कार्यालयमै नआए पनि त्यसलाई समेत महानगरकै कामका रुपमा लिनुपर्ने काफ्लेले बताएका छन् ।
२०८१ चैत्र २९
ताजा नेपाल
२०८१ चैत्र २९
ताजा नेपाल
२०८१ चैत्र २९
ताजा नेपाल