Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गुल्मीमा पहिरोले घर बगाउँदा चार जनाको ज्यान गयो

काठमाडौं । गुल्मीको रूरू क्षेत्र गाउँपालिका ५ बम्घा आटीपाटा उल्लीखोलामा पहिरोले एउटा घर पुरेको छ। अविरल वर्षासँगै शुक्रबार राति पहिरो खस्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ । पहिरोले राजु माझीको घर पुर्दा उनकी श्रीमती विना माझी, १२ वर्षभन्दा कम उमेरका दुई छोरा सागर र हेमन्त पुरिएर मृत्यु भएको हो । राजु भने रोजगारीको सिलसिलामा भारतमा छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रुरु पहिरोमा पुरिएर चार जनाको ज्यान गएको पुष्टि गरेका छन्। शुक्रबार मध्यराति ट्वीट गर्दै उनले आँटीपाटामा विना माझी र ३ नाबालक सन्तानको भर्खरै निधन भएको खबरले दुखित भएको बताएका छन्। उनले उद्धार कार्यमा जुट्न जनप्रतिनिधि, प्रहरी प्रशासन र युवालाई आग्रह पनि गरेका छन्। फाइल तस्बिर