Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गृहको बेवास्ता संकटमा सशस्त्र

काठमाडौं । सीमा सुरक्षाको जिम्मा पाएको औद्योगिक सुरक्षा र भीभीआईपीको सेवक बनेको सशस्त्र प्रहरी बल अहिले अन्योलको भूमरिमा छ । छोटो अवधिमा छ जना डिआईजीले अवकाश पाइसकेका छन् । खाली ठाउँमा एसएसपीहरुको बढुवा कहिले हुने हो ? तर अहिले संगठन संकटमा छ । राजनीतिक स्वार्थको कारण हिजो त्यही संगठनमा ११ जना एआइजी थिए । मेट्रोमा प्रहरीको जस्तै डिआईजी आवश्यक छ ।

नेपाल प्रहरीमा ३ जना एआईजी छन् । सशस्त्रमा सीमा क्षेत्रको कमाण्डका लागि एक एआईजी जरुरी छ । नियामक निकाय गृह मन्त्रालयले अस्वीकार गर्दा म्याद थपको प्रयास गरेका ३ डिआईजीले अवकाश पाएका हुन् । प्रहरी झण्डै १ लाख छन्, सशस्त्र ३७ हजार भन्दा बढी छन् । यही बेला नेपाल प्रहरी र सशस्त्र प्रहरीले आन्तरिक बेरुजु फस्र्योट गरेको पुरस्कार गृह मन्त्रालयबाट पाएका पनि छन् । दुवै संगठनमा एआईजी भने ३÷३ जना रहेका छन् ।

एकेडेमी, मानवश्रोत, प्रशासन, सीमा सुरक्षा जस्ता विभागको कमाण्डमा एआईजी जरुरी हुन्छ । तर सरकारले पदपूर्ति गर्दै संख्या बढाउने सहमति जनाएको छैन । आईजीपी शैलेन्द्र खनालको पहुँच पुगेन वा उनले संगठनको क्रियाशीलतालाई जोड दिएनन् स्थिति अहिले अर्धसैनिक बलको झन् खस्केको छ ।

डिआईजीहरु पदमुक्त भए नौलो होइन । तर कार्यक्षेत्र र जिम्मेवारीअनसार आवश्यक पद धेरै खाली राख्न हुँदैन । सशस्त्रमा सात प्रदेश तहमा गुल्म छन् । त्यहाँ डिआईजीको कमाण्ड हुन्छ । प्रत्येक विभागको नेतृत्व एआईजीले गर्दा त्यहाँ डिआईजी जरुरी छ । प्रहरीलाई शान्ति सुरक्षा र अपराध नियन्त्रण तथा अनुसन्धानमै भ्याई नभ्याई छ ।

सशस्त्रले भन्सार, सीमा, भिआईपी र औद्योगिक सुरक्षाको क्षेत्र पाएको छ । नेताहरुले अनावश्यक रुपमा सशस्त्र प्रयोग गरेका छन् । नेतृत्वले पनि ख्याल नगर्दा फौजी संगठन संकटमा पर्छन् । सरकारको भर नपरी नत प्रहरी चल्छ नत सेना र सशस्त्र चल्छ । आन्तरिक विकृति हटाउने आईजीपीले हो । समान व्यवहार, योग्यता र क्षमताअनुसारको जिम्मेवारी कमाण्डको कर्तव्य हो ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल