Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । चुनावको मुखमा प्रहरी प्रशासनलाई कमाउने थलो बनाएका गृह मन्त्रालय सुरक्षा महाशाखाको फणिन्द्रमणि पोखरेलले गृहसचिव टेकनारायण पाण्डेको समेत बदनाम गर्दैछन् । विजय गच्छदारको पालादेखि गृहमा बसेर तर मारेका सहसचिव पोखरेलले सिपाहीको सरुवा र बढुवामा समेत आफ्नो स्वकिृति लिनु पर्ने खबरदारी गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीको कर्मचारी प्रशासन थलालिंग भएको छ । सहसचिव फणिन्द्रमणि पोखरेललाई प्रहरी ऐन–नियमावली कण्ठ छ । तर उनले दुवै आईजीपीको कार्यक्षेत्रमा समेत अंकुश लगाएका छन् । तपाईंहरू अवकाश पाउँदै हुनुहुन्छ गृहमन्त्री र सचिव दुवै सुरक्षा सम्बन्धी विषयमा जानकार छैनन् । उनीहरूलाई मैले जे भन्छु त्यो काम गराउँछु, सहसचिव पोखरेलको उर्दी हो यो । संयोग पनि गृहमा शिक्षाटबाट गएका सचिव टेकनारायण पाण्डे तेस्रो हुन् ।
अबस्था पनि त्यस्तै छ । सशस्त्र प्रहरीको लेखा समूहमा १६ वर्षदेखि कार्यरत एक दर्जन निरीक्षकमध्ये २ जनाको दरबन्दी भए पनि अन्य दश जना निरीक्षकलाई डिएसपी दरबन्दी थप गरेर बढुवा गर्न गृहले सहमति दियो, लोकसेवाले अनुमति दिएको महिनौसम्म काम रोकिएको छ । यो कामको लागि सशस्त्रको नेतृत्व गृह मन्त्रालय धाउँदा प्रशासन महाशाखा प्रमुख सहसचिव फणिन्द्र पोखरेलले रोकेका छन् । उनलाई सशस्त्रका एआईजी पुष्पराम केसीले आफू २१ दिने आईजीपी बनेपछि बढुवा सहमति दिलाउने नाममा निरीक्षकहरूको योग्यता र क्षमतामाथि व्यभिचार दर्शाएको आरोप पनि छ । सहसचिव पोखरेल प्रहरीका असई, सई, निरीक्षक, डिएसपी, एसपी र एसएसपीसम्मलाई सरुवा बढुवा भएपछि फोन गरेर सुन्धारा, एयरपोर्ट, दरबारमार्गजस्ता ठाउँका होटल तथा रेष्टुरेन्टमा बोलाएर रक्सी, सेकुवा आफू मात्रै खाँदैनन् साथी बटुलेर खुवाउँछन् अनि प्रहरीलाई बिल तिर्न लगाउँछन् । बालुवाटारले गर्ने हस्तक्षेप एकातिर छ अर्कोतिर गृह प्रशासन महाशाखाका सहसचिवको दादागिरी छ । यी दुई काण्डले प्रमसँग सत्ता गठबन्धनका नेताहरू पुष्पकमल दाहाल, माधवकुमार नेपालको समेत सम्बन्ध बिग्रन पुगेको छ । नेताहरूले गृहमन्त्रीको नाताले बालकृष्ण खाँणसँग कुरा गर्छन् प्रधानमन्त्री देउवाले पनि खटाउने र भन्ने गृहमन्त्रीलाई नै हो । तर काम नहुँदा गठबन्धनका नेताहरू गृहमन्त्रीको सम्बन्ध समेत बिग्रेको छ ।
२०८३ जेष्ठ २
ताजा नेपाल
२०८३ जेष्ठ २
ताजा नेपाल
२०८३ जेष्ठ २
ताजा नेपाल