Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
प्रधानमन्त्री बालेन्द्र शाहले सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् ।
सम्पत्ति विवरणमा कैफियत नदेखिएको भन्दै छानबिन समितिले बुझाएको प्रतिवेदनका आधारमा गुरुङलाई आजै शपथ गराउने तयारी गरिएको छ ।
सम्पत्तिमा प्रश्न उठेपछि गत ९ वैशाखमा सुधनले राजीनामा दिएका थिए ।
२६ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्रीमा पुनस् सुधन गुरुङलाई फर्काउने भएका छन् । स्रोतका अनुसार आजै ३ बजे शपथ हुने छ । शपथका लागि तयारी बस्नका लागि प्रधानमन्त्री कार्यालयबाट राष्ट्रपति कार्यालयमा तयारी बस्नका लागि भनिएको छ ।
गुरुङको सम्पत्तिबारे प्रश्न उठेपछि गत वैशाख ९ गते उनले राजीनामा दिएका थिए । त्यसपछि उनको सम्पत्तिबारे अध्ययन गर्न समिति बनाइएको थियो । समितिले उनको सम्पत्तिमा कैफियत नदेखिएको भन्दै प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री शाहले पुनस् गृहमन्त्रीमा फिर्ता गरेका हुन् ।
छानबिन समितिले २२ जेठमा प्रधानमन्त्री बालेन शाहसमक्ष बुझाएको प्रतिवेदनमा सांसद गुरुङको कुनै ठूलो गल्ती–कमजोरी नरहेको औंल्याएको छ । बरु सिस्टममा देखिएका कमी–कमजोरी र सुधार गर्नुपर्ने विषयहरू औंल्याएर प्रतिवेदन तयार गरिएको छ ।
छानबिन समिति स्रोतका अनुसार सुधनले बुझाएको सम्पत्ति विवरणमा उल्लेख भएअनुसार उनको जग्गा–जमिन छैन । ‘सुधनको नाममा धनकुटा बाहेक अन्यत्र जग्गा भेटिएन । हजुरबुवाको नाममा रहेको सम्पत्तिसमेत उल्लेख गरेको पाइयो,’ स्रोतले भन्यो ।
गुरुङले गोरखा, चितवन, धनकुटामा जग्गा रहेको उल्लेख गरेका थिए । मालपोतबाट समेत विवरण मगाएर यसबारे हेरिएको समितिले उल्लेख गरेको छ । जसमा धनकुटाको १९ रोपनी १५ आना जग्गा सुधनको नाममा रहेको छानबिन समितिले उल्लेख गरेको छ ।
बाँकी जग्गा भने बुवा, हजुरबुवाको नाममा रहेको समितिले उल्लेख गरेको छ । ‘बुवा, हजुरबुवाको नाममा रहेका जग्गाहरू समेत उल्लेख गरेकाले उनले खुलाए जति जग्गा उनको नाममा देखिँदैन । हजुरबुवाको नाममा कति जग्गा छ भन्नेसमेत यकिन भएकाले सम्पत्ति विवरणमा फरकफरक पर्न गएको देखिन्छ,’ समिति स्रोतले भन्यो ।
चितवनमा ३० कट्ठा, गोरखाको चुमनुब्रीमा २२१ रोपनी जग्गा रहेको गुरुङले उल्लेख गरेका थिए । गृह प्रशासन तथा सुरक्षासम्बद्ध पत्रकारसँग कुराकानी गर्ने क्रममा पनि तत्कालीन गृहमन्त्री गुरुङले उल्लेख गरेभन्दा पनि अझै बढी जग्गा रहेको बताएका थिए ।
२०८३ जेष्ठ २६
ताजा नेपाल
२०८३ जेष्ठ २६
ताजा नेपाल
२०८३ जेष्ठ २६
ताजा नेपाल