Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । गृहमन्त्री रमेश लेखकले बुधबार दिउँसो पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् । मंगलबार र बुधबार दुवै दिन भिजिट भिसा प्रकरण उठेका प्रश्नहरूबारे संसद्मा जवाफ दिन खोजे पनि प्रतिपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि लेखकले पत्रकार सम्मेलन गर्न लागेका हुन्।
गृहमन्त्रीको सचिवालयका एकजना सदस्यका अनुसार संसद्मा उभिएर जवाफ दिने परिस्थिति नबनेको अवस्थामा पत्रकार सम्मेलनमार्फत लेखकले धारणा सार्वजनिक गर्न लागेका हुन् । उनले संसद् भवनकै ल्होत्से हलमा पत्रकार सम्मेलन गरेर भिजिट भिसा प्रकरणबारे स्पष्टीकरण दिन लागेका हुन् । संसदमा जवाफ दिने परिस्थिति नबनेको अवस्थामा ल्होत्से हल संसद् भवन परिसरमै प्रेस मिट गर्ने तयारी छ, उनको सचिवालयका एक सदस्यले बताएका छन् । तर, पत्रकार सम्मेलनको समय अहिले तय भइसकेको छैन ।


सम्बन्धित समाचार

बजेटप्रति निजी क्षेत्र आशावादी

२०८२ जेष्ठ १७

ताजा नेपाल

फेरि कमल थापाहरुकै शरणमा पूर्व राजा ?

२०८२ जेष्ठ १७

ताजा नेपाल