Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । गैरआवासीय नेपाली संघको ११ औँ महाधिवेशनमा ४ जना अध्यक्षको लागि प्रतिस्पर्धा गर्दै छन्। हालका अध्यक्ष २ जना पुनः दोहोरिएका छन् भने २ उपाध्यक्षले अध्यक्षमा उम्मेदावारी दर्ता गराएका छन्। मंगलबारबाट हुने निर्वाचनमा अध्यक्ष पदको लागि रुसका डा। बद्री केसी, अमेरिकाकी रविना थापा, जापानका महेशकुमार श्रेष्ठ र कतारका राजेन्द्रकुमार शर्माले उम्मेदवारी दर्ता गराएका हुन्। १० औं महाधिवेशनमा विवादको कारण निर्वाचन हुन नसक्दा ३ अध्यक्षको व्यवस्था गरी ६–६ महिना सञ्चालन गरे। हाल डा। केसी कार्यकारी अध्यक्ष रहेका छन् भने थापा आलंकारिक अध्यक्ष हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने गैरआवासीय नेपाली विश्व सम्मेलन तथा ११ औं महाधिवेशनमा अध्यक्षका दाबेदारहरु कुनै न कुनै राजनीतिक दलनिकट भए पनि टिम मिश्रित खालका रहेका छन्। अध्यक्षमा डा. केसी र श्रेष्ठले बलियो टिमसहित प्रतिस्पर्धा गर्दै छन्। राजेन्द कुमार शर्माको आफ्नै टिम भए पनि सबै पदका दाबेदार उनीसँग छैनन्। हालकी अध्यक्ष थापाले छुट्टै टिमबिनै उम्मेदवारी दर्ता गराएकी छन्। ११ औं महाधिवेशनमा ४ हजार २ सय प्रतिनिधिले फेसियल भेरिफिकेसनको आधारमा अनलाइनबाट वा काठमाडौंमा उपस्थित भएर मतदान गर्न पाउँछन्। मतदानको लागि काठमाडौं नै आउनुपर्ने अवस्थाको भने अन्त्य भएको छ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल