Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गोकुलको छुच्चो चरित्रले जोगीएन क्षेत्र

काभ्रे । पार्टी एउटै हुँदा समेत माधव नेपाल पक्षलाई रेट्ने केपी ओलीका विश्वास प्राप्त गोकूल बास्कोटाले आफ्नो क्षेत्रका प्रदेश सांसदलाई मात्र होइन स्थानीय बडा तह समेत एमालेकै रुपमा अड्याउन सकेनन् । काभ्रे क्षेत्र नं २ क का लक्षमण लम्साल ख का बसुन्धरा हुमागाँइले गोकूलको क्षुद्रता पचाएका थिएनन् । उनीहरु नेकपा समाजवादीमा गएका छन् ।

वास्कोटा मण्डन देउपूर निवासी हुन् । उनको वडामा भुवन बजगाँइ वडा अध्यक्ष थिए भने अध्यक्ष टोक बहादुर बाइवा पनि समाजवादी तिरै लागेका छन् । सो गाउँ पालिकामा ८ वडामा एमालेले जितेकोमा ६ जना वडा अध्यक्षले एमाले त्यागेका छन् । बास्कोटाको दास बन्नु सट्टा माधव पक्षको हलि बन्न तयार भएका कार्यकर्ताले गरेको त्यो विद्रोहले जिल्लालाई समेत असर गर्दैछ भन्ने हेक्का राखेनन् ।

७० करोड घुस काण्ड लागेपछि मन्त्री पद गुमाएका यी गोकूल बास्कोटा केपी ओलीको भित्रिया बनेर नेपाल टेलिकम र दुरसञ्चार प्राधिकरणमा ठूलठूला ठेक्का लगाउँदा व्यापक भ्रष्टाचार भएको थियो । आइटी पार्क भ्रष्टाचार काण्डले गोकूललाई छोएको थिएन । नीतिगत लुटमा किर्तिमान कमाएको नेकपा एमाले विभाजन हुनुको कारण पनि केपी ओलीको एकलौटी शासन भित्रको दादागिरी थियो । भाद्र २२ सम्म को कता लाग्छ त्यसको लेखाजोखाले एमालेको परिचय दिन्छ ।

केपी ओलीले रुखका एक दुई पात झर्दा रुखलाई केही हुन्न नयाँ पात पलाउँछ भन्दै गर्दा उनका धर्मपूत्र गोकूल बास्कोटाको निर्वाचन क्षेत्रका सांसद वडा अध्यक्षहरु र गाँउपालिका हाकेका जनप्रतिनिधिले नयाँ पार्टी रोज्दा एमालेलाई घाटा हुन्छ कि हुन्न ? एमालेको ओली गुटका नेताकै कारण कैयौ जिल्लामा पार्टी तहस नहस भएको छ । एमाले भित्रको चरम अहंकार र घमण्डले देशभर त्यो पार्टी टुक्रिने स्वभाविक छ । पार्टी तहस नहस हुँदा पार्टी कार्यलय भवन र सम्पत्ति र तुजुकको अर्थ छैन । तर ओली समूह विचार होइन सम्पत्ति र धनको धक्कु लगाइरहेछ ।