Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रधानमन्त्री केपि ओलीका विश्वास पात्र तत्कालीन सञ्चार मन्त्री गोकूल मन्त्री पद नै खोस्न सफल भएको सेक्युरिटी प्रेस खरिद प्रकृया शुरु भएको छ । सरकारले सेक्युरिटी प्रेस मेसिनको ठेक्का म्याक्स इन्टरनेसनललाई दिने भएको छ । यो कम्पनि विवादीत व्यापारी समूह थाम सेर्कू र ओम्नीको जोइन्ट कम्पनि हो । सरकारले प्रतिस्पर्धी कम्पनी इलिमिक इन्टरनेसनलभन्दा ६ करोड बढी मूल्य कबोल गरेपनि म्याक्सलाई नै ठेक्का दिन लाग्नुको कारण कमिशनको चक्कर हो । सरकारले यसअघि देखाउन कै लागि भए पनि फ्रान्सको आईएन ग्रुपसँग सरकारीस्तर जीटुजी प्रक्रियाबाट सुरक्षण मुद्रण खरिद गर्न प्रक्रिया अघि बढाएको थियो । तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणपछि जर्मनीको भेरिडोस कम्पनीसँग मागिएको कोटेसनलाई आधार बनाएर आईएनलाई ठेक्का दिने सरकारी योजना तुहिएको थियो । यो केस अहिले अख्तियारको छानबीनमा पनि परेको छ ।
शक्तिशाली व्यक्तिहरुलाई कानून लाग्दैन भन्ने प्रमाण सुरक्षण मुद्रण खरिदका लागि स्विस कम्पनीका एजेन्ट विजय मिश्रसँग ७० करोडको डिल गरेको अडियो सार्वजनिक भएपछि मन्त्री पदबाट हट्याइएका बास्कोटालाई कारबाही नहुनु हो । सरकारले सुरक्षण मुद्रणको प्याकेजलाई टुक्र्याएर ठेक्का लगाउन थालेको छ । प्रतिस्पर्धामा सहभागी ४ कम्पनीमध्ये ठेक्कामा मूल्यका आधारमा दोस्रो भएको कम्पनीलाई छनोट गरेर सबैभन्दा कम मूल्य प्रस्ताव गरेर पहिलो भएको कम्पनीलाई ठेक्का नदिने निर्णय गर्नु नै खरिद ऐनको विपरीत हो । सुरक्षण मुद्रण केन्द्रले आपूर्तिकर्ता कम्पनी छनोट भएर ठेक्का लगाउन लागिएको भन्दै दावी विरोधको लागि सूचना निकालेको छ । म्याक्स इन्टरनेसनल दूरसञ्चार प्राधिकरणले विद्यालयहरुमा सूचनाप्रविधि ल्याब स्थापना गर्न लगाएको ३ अर्ब ५० करोड मूल्यको ठेक्कामा ओम्नी समूहसँग ज्वाइन्ट भेन्चर गरेको कम्पनी हो । यसले तोकेको समयमा काम गर्दैन भन्ने कुरा दुरसञ्चार प्राधिकरणको ठेक्का समयमा सम्पन्न नहुनु हो । तर शुरु देखि नै ओम्नी समूह र थाम सेर्कूको निर्देशनमा काम गर्दै आएका केन्द्रका कार्यकारी निर्देशक विकल पौडलले आवश्यक कागजात फेर बदल गरि इलिमिकभन्दा प्राविधिक रुपमा योग्य भएका देखाएर महँगो मूल्य प्रस्ताव गरेपनि म्याक्स इन्टरनेसनललाई ठेक्का दिन लागिएको हो । इलिमिकले करिब साढे ६७ करोडमा सेक्युरिटी प्रेस दिन प्रस्ताव गरेको थियो भने ठेक्का पाउन लागेको म्याक्स इन्टरनेसनलले ७३ करोड ८८ लाख ९८ हजार रुपैयाँ मूल्य प्रस्ताव गरेको छ । इलिमिकले ड्रस्ट कम्पनीको प्रिन्टिङ मेसिनको प्रस्ताव गरेको थियो, जुन म्याक्सले दिने एचपी र डेलको भन्दा राम्रो हो । इलिमिकले सर्भर प्रणालीमा हुवावेइ कम्पनीको उपकरण राख्ने प्रस्ताव गरेको थियो । जुन, सस्तो भएपनि केन्द्रले तय गरेको स्पेसिफिकेसनअनुसार म्याच नभएको देखाएर ठूलो कमिशनमा बालुवाटारको आँखा परेको हो । दोस्रो कम मूल्य प्रस्ताव गर्ने म्याक्स इन्टरनेसनलको सबै योग्यता पुगेको देखिएपछि उसैलाई ठेक्का दिने निर्णय भएको बताउदा यहाँ जोडिएका तत्वहरु समाजमा बदनाम छन् । गत फागुन २ मा ठेक्का आह्वान भएकोमा केन्द्रले चैत ३ मा म्याद सकिनुभन्दा एक हप्ताअघि फागुन २६ मा स्पेसिफिकेसन बदलेको थियो । त्यसलाई लिएर विभिन्न आशंका गरिँदै आउको थियो ।
केन्द्रले पछिल्ला तीन वर्षमा एउटा ठेक्कामा भ्याटबाहेक ३८ करोड रुपैयाँको न्यूनतम मूल्यमा सेक्यूरिटी प्रेस सिस्टम आपूर्ति गरेको हुनुपर्ने गरी संशोधन गरेको छ । त्यसअघि यस्तो सीमा ४० करोडको थियो । वर्षमा ६० करोडको कारोबार रकमको सीमा तोकिएकोमा घटाएर ५५ करोडमा झारेर छापिएका सामग्रीको आउटपुट रिजोलुसन ६०० डीपीआई २ एट बिटमा झारिएको छ । त्यसअघि ८१२ डीपीआई २ एट बिट’ थियो । यि सबै योग्यता म्याक्सले नै पुरा गरेको देखाएर उसैलाई मिल्ने गरि सूचना संशोधन गरिएको हो । यो मेसिनले हुलाक स्टिकर, अन्तःशुल्क स्टिकर, मार्कसिट लगायतका सुरक्षण मुद्रणको काम पनि गर्ने छ । चालु आर्थिक वर्षभित्रै मेसिनको आपूर्ति हुने बताइए पनि जडान र सञ्चालनको तयारी गर्न एक वर्षजति समय लागाइदै छ । बनेपाको आईटी पार्कको भवनलाई मेसिन राख्न मिल्ने गरी तयार गर्नुपर्ने कारण देखाएर सरकारी रकम धुत्न लुटाहाहरुलाई सजिलो बनाउने गरि बहू वर्षिय योजनामा पर्ने तयारी हुदैछ ।
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल