Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गोरखामा अब्दुसको टोलीमाथि आक्रमण

काठमाडौं । गोरखा–२ मा नेकपा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार अब्दुस मियाँको चुनावी प्रचारप्रसार टोलीमाथि आक्रमण भएको छ । आइतबार राति अब्दुस बस्ने पालुङटारको म्याङ्गो रिसोर्ट पुगेर एक समूहले आक्रमण गरेको हो । खाना खाँदै गरेका मियाँका सहयोगीलाई एक्कासी आक्रमण गरिएको हो । होटलमा खाना खाने क्रममा आक्रमण हुँदा टेबुल, कुर्सि तोडफोड भएको छ । घटनाको समयमा अब्दुस भने चुनावी प्रचारमा थिए । आक्रमणबाट एमाले प्रदेश सचिवालय सदस्य हरि काफ्लेको टाउकोमा गहिरो चोट लागेको छ । उनलाई स्थानीय स्वास्थ्य संस्थामा ७ वटा टाँका लगाएर थप उपचारका लागि काठमाडौं ल्याइएको छ । गोरखा प्रहरी प्रवक्ता लीलाराज लामिछानेले राम सापकोटा र अजित पन्तलाई नियन्त्रणमा लिइएको जानकारी दिए । घटनाबारे अनुसन्धान सुरु भएको उनले बताए ।