Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । गोरखा दरबारस्थित कालिका मन्दिरको दसैंघरबाट काठमाडौं हनुमानढोकाको दसैंघरमा भित्र्याउने फुलपाती पठाइएको छ । शनिबार बिहान आठ बजे विधिवत रुपमा फुलपाती गोरखाबाट काठमाडौं हनुमानढोका पठाइएको हो । बा२झ २१२८ नम्बरको सरकारी सवारीमार्फत फुलपाती लिएर गोरखा दरबारका चण्डी पुजारी कुलबहादुर थापा हनुमानढोका गएका छन् । यस वर्ष गोरखा दरबारसँगै लिगलिकोटबाट ल्याइएको फुलपाती पनि हनुमानढोकाका लागि पठाइएको छ । बाजागाजा हर्षोउल्लसाका साथ फुलपाती काठमाडौं हनुमानढोका पठाइएको हो । हनुमानढोका फुलपाती पठाउन शुक्रबार गोरखा दरवारका सुसारेहरुले अमराइ, ठुलो वन लगायतका जंगलबाट नौ प्रकारका प्रजाति संकलन भएको थियो । हनुमानढोकाको दसैंघरमा भित्र्याउने फुलपाती गोरखा दरवारका सुसारेहरुले शुक्रबारबाटै संकलन गरेका थिए । गोरखा नगरपालिका–८ पिपलेमा षष्ठिको दिन शुक्रबार बल निमन्त्रणा पुजा गरेसँगै नवपत्र संकलन शुरु हुने गोरखा दरवारका मुल पुजारी शारदाप्रसाद भट्टराइले बताए । गोरखा दरबारको फुलपाती हनुमानढोका पुगेपछि दसैंको रौनक बढ्ने र दसैं भित्रियो भन्ने प्रचलन छ । पुख्यौली थलोको कुल देवतामा चढाइने फुलपाती हनुमानढोकको नवस्थापित देवतामा पनि चढाउने मान्यता शाह वंशीय राजाहरुले नै शुरु गरेको अग्रजहरु बताउँछन् । पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजयी वनेसँगै गोरखाको फुलपाती काठमाडौं भित्र्याउने प्रचलन शुरुभएको हुनसक्ने गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुषालले बताए । नेपाल राज्य स्थापनको उद्गम थालेको रुपमा परिचित लिगलिकोटको फुलपाती पति यस वर्षबाट हनुमानढोका पठाउन थालिएको छ । लिगलिगकोट विकास अभियानले गोरखा दरबारबाट लैजाने फुलपातीसँगै लिगलिकोटको फुलपाती पनि पठाएको छ । यो वर्षबाट शुरुवात गरिएको र यसलाई निरन्तरता दिने लिगलिकोट विकास अभियानका अध्यक्ष संजिव रानाले बताए । शनिबार बिहान धिमे बाजा, फुलपातीको डोली लावालस्कर सहित हर्षोउल्लासका साथ गोरखाबाट फुलपाती पठाइएको छ ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल