Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गोरु काटेको अभियोगमा २ जना पक्राउ

कास्की । पोखरा महानगरपालिका-३३ छप्ल्याङस्थित चालिसेबाट गोरु काटेको अभियोगमा २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-३२ लामेआहाल बस्ने २७ वर्षीय अनिस भुजेल र सोही महानगरपालिका-३३ छप्ल्याङ बस्ने ३७ वर्षीय संजय सार्की रहेका छन् । उक्त स्थानमा गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिशुवाबाट र प्रहरी चौकी भरतपोखरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार