Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गोरेका भाइ अदालतमा हाजिर

काठमाडौं । एक जनाको ज्यान जाने गरी भएको साढे ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्य हत्याका मुख्य योजनाकार चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेतीलाई आइतबार अदालत हाजिर गराइएको छ । मंगलबार काठमाडौंको त्रिभुवन विमानस्थलबाट पक्राउ परेका रमेशलाई प्रहरीले बुधबार जिल्ला अदालत मोरङमा उपस्थित गराएको हो । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका आरोपी उनी युएईमा बस्दै आएका थिए । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन ९इन्टरपोल० ले पनि उप्रेतीविरुद्ध नेट नोटिस जारी गरेको थियो । तर प्रहरीले उनलाई काठमाडौं ल्याउन सकेको थिएन । मंगलबार भने उनी आफैं काठमाडौं आएका बेला प्रहरीले पक्राउ गरेको थियो ।